coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सञ्चारमन्त्रीलाई देउवाको प्रश्नः जय नेपाल नभनेर के ‘जय भारत’, ‘जय चीन’ भन्ने?

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले संघीय संसदमा पेश गरेको मिडियासम्बन्धी विधेयकप्रति आपत्ति जनाउँदै फिर्ता लिन बाध्य बनाउने चेतावनी दिएको छ। 

कांग्रेसका सभापति शेरबहादुर देउवाले मिडियासम्बन्धी सरकारले ल्याएको सो विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी रहेको उल्लेख गर्दै संसद र सडक दुवै तर्फको आन्दोलनबाट फिर्ता गराउन बाध्य पार्ने चेतावनी दिए। आइतबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी सरकारले ल्याएको सो विधेयकको विरोधमा उत्रिएका पत्रकारहरुको आन्दोलनमा आफ्नो पार्टीको पूण सहयोग रहने प्रतिवद्धता पनि व्यक्त गरे। सभापति देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको जग भएको उल्लेख गर्दै त्यसलाई हनन् गर्ने कुनै पनि गतिविधि आफ्नो पार्टीलाई सैह्य नहुने चेतावनी दिए।

‘जय नेपाल नभनेर के जय भारत, जय चीन भन्ने?’ 

फरक प्रसंगमा सभापति देउवाले संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको ‘तत्कालीन राजा महेन्द्रको शब्द जय नेपाल कांग्रेसले किन प्रयोग गरेको?’ भन्ने प्रश्न पागलपनको उपज भएको टिप्पणी गरे। उनले नेपालमा जय नेपाल नभनेर के ‘जय भारत’, ‘जय चीन’ भन्ने? भनि सन्चारमन्त्री बाँस्कोटालाई प्रतिप्रश्न पनि गरे।

पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका संविधान र कानुन विपरितका सबै गतिविधिविरुद्ध आफ्नो पार्टीले जनतालाई सचेत गराउने बताए।

प्रकाशित: २९ वैशाख २०७६ १२:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App