५ वैशाख २०८१ बुधबार
समाज

सत्यमोहन जोशीको जन्मदिनमा सार्वजनिक बिदा

काठमाडाैं- वाङ्ममय शताब्दी पुरुष सत्यमोहन जोशी सोमबारदेखि ९९ वर्ष पूरा भई १ सय वर्ष पुगेको अवसरमा उनको सम्मान ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले सार्वजनिक बिदा दिने भएका छन्।  महानगरपालिका र नगरपालिकाका कार्यालय, वडा कार्यालयका साथै त्यहाँका सम्पूर्ण शैक्षिक संस्था र अन्य संघसंस्थामा सार्वजनिक बिदाको घोषणा गरिएको सूचनामार्फत जानकारी गराइएको छ।

महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जोशी देशकै एक अनमोल रत्न भएकाले महानगरले सोमबार बिदा दिने तथा उनका नाममा उद्यान र सडक निर्माण गरिने निर्णय भएको जानकारी दिए।

पाटन, बखुम्बहालका जोशीको शताब्दी जन्मोत्सगका उपलक्ष्यमा महानगरले यस वर्षभरि  नै विभिन्न कार्यक्रम पनि आयोजना गर्ने भएको छ। गत वर्ष नै लमपाले उनलाई एक सुरक्षाकर्मी, मोबाइल र सवारी साधन प्रदान गरेको थियो। रासस

प्रकाशित: २९ वैशाख २०७६ १२:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App