८ वैशाख २०८१ शनिबार
खेल

प्रदेश स्तरीय रारा ट्रेल म्याराथन हुने

रारा टेल रन २०७६ का विषयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी गराउदै आयोजक। तस्बिरः सुमन मल्ल, मुगु

वैशाख– आउँदो जेठ पहिलो साता जैंविक विविधता संरक्षण दिवशका अवसरमा कर्णाली प्रदेश स्तरीय रारा ट्रेल रन २०७६ आयोजना हुने भएको छ।

नेपाली सेनाको आयोजना, रारामा रहेको श्रीदल गुल्मको सहजीकरण तथा जिल्ला खेलकुद विकास समिति मुगुको समन्वयमा आउदो जेठ ८ गते प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा कर्णाली प्रदेशका सबै जिल्लाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्ला खेलकुद विकासहरुबाट गरी एक सय जना खेलाडी सहभागी हुन सक्ने श्रीदल गुल्मका गुल्मपति रवि केसीले जानकारी दिए।

म्याराथुन प्रतियोगितामा सहभागी खेलाडीले रारा ताल वरपरको १५ किलो मिटर दुरी पार गर्नु पर्ने छ। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेलाई क्रमश पचास हजार, तीस हजार र बीस हजार पुरस्कार तथा पदक दिइने आयोजकले जनाएको छ। जैंविक विविधता संरक्षण गर्नुका साथै रारा ट्रेल प्रतियोगिताले खेल पर्यटनको प्रवर्द्धनमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २९ वैशाख २०७६ १०:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App