७ वैशाख २०८१ शुक्रबार
समाज

आँखा उपचार केन्द्रको स्थापना

रुकुम– रुकुम (पूर्व)मा पहिलो पटक आँखा उपचार केन्द्रको स्थापना गरिएको छ। प्रदेश नम्बर ५ को एकमात्र हिमाली जिल्लामा आँखा अस्पताल बनेपछि यहाँका स्थानीहरु खुशी भएका छन्। विभिन्न समस्याका कारण आँखाको उपचार गराउन महंगोमा जिल्ला बाहिर जानुपर्ने बाध्यतामा रहेका स्थानीय आफ्नै जिल्लामा उपचार केन्द्रको स्थापना भएपछि गाउँमै सेवा पाइने भन्दै खुशी भएका हुन्।

यो भन्दा पहिले यहाँका स्थानीयवासीहरु आँखाको उपचाको लागि रुकुम (पश्चिम)को खलंगा, दाङ, नेपालगञ्ज तथा काठमाडौं जानुपर्ने बाध्यतामा रहेका थिए। यसका साथै कहिलेकाही गाउँमा हुने आँखा शिविरबाट पनि स्थानीयले सेवा पाउने गरे पनि उपचार केन्द्र नहुँदा समस्या थियो। नेपाल नेत्रज्योती संघद्वारा सञ्चालित राप्ती आँखा अस्पताल दाङले उक्त आँखा उपचार केन्द्र जिल्लाको सिस्ने गाउँपालिकामा स्थापना गरेकाे हो।

अब यहाँ सामान्य अप्रेसनदेखी विभिन्न आँखाको समस्याको उपचार गरिनुका साथै बिरामीलाई आवश्यक पर्ने चस्मा पनि निर्माण गरेर वितरण गरिने उपचार केन्द्र रुकुमकोटका प्रमुख विष्णु खनालले जानकारी दिए। जिल्लाका विभिन्न ठाउँमा रहेका स्थानीयवासीको आँखामा निकै समस्या देखिएपछि लामो पहल गरेर उपचार केन्द्रको स्थापना गरेको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताइन्। उपचार केन्द्रको लागि आफुहरुले आवश्यक विभिन्न आवश्यक सबै सहयोग गर्ने उनको भनाइ छ।

 

प्रकाशित: २९ वैशाख २०७६ ०८:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App