coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

लमजुङका घुम्नयोग्य गाउँ

गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटक भ्रमण वर्ष घोषणा गरेको छ। वर्षभरिमा करिब १५ लाख आन्तरिक पर्यटक भित्र्याउने प्रदेश सरकारको लक्ष्य छ। गाउँगाउँमा खुलेका होमस्टेमा आन्तरिक पर्यटकलाई पठाएर गाउँलेको आयआर्जन बढाउने प्रदेश सरकारको एक मात्र उद्देश्य छ। प्रदेश सरकारको युवाशक्तिलाई गाउँमै रोजगार सिर्जना गर्ने योजना पनि रहेको छ। गाउँका पर्यटकीय गन्तव्यमा आन्तरिक पाहुना पठाएर चहलपहल बढाउने उद्देश्यसहित सरकारले होमस्टेको योजना अघि सारेको हो। प्रदेशभित्रका तीन सय गाउँमा होमस्टे खोल्ने सरकारी योजना छ।

लमजुङ अन्नपूर्ण फेरो पदमार्गको प्रवेशमार्गमा पर्छ। पदमार्गको प्रवेशबिन्दुमा पर्ने लमजुङका धेरै गाउँ पर्यटकीय दृष्टिकोणले आकर्षक छन्। लमजुङका धेरै गाउँमा होमस्टे पनि सञ्चालनमा छन्। जिल्लामा धार्मिक, सांस्कृतिक, प्राकृतिक सम्पदा धेरै छन्। ती गाउँमा पछिल्लो समय आन्तरिक पर्यटक पुग्न थालेका छन्। जिल्लावासीले केही गाउँलाई घुम्नैपर्ने पर्यटकीय गाउँ पनि भन्न थालेका छन्। तिनैमध्ये केही गाउँको चर्चा यहाँ गरिएको छ।

पुरानोकोट गढी क्षेत्र

लमजुङ दरबार, कालिका मन्दिर क्षेत्रको घुमिफिर गरेर काउलेपानीबाट उकालो चढेपछि पुरानोकोट गढी तिर लागिन्छ। १९०० मिटर उचाइमा अवस्थित यो गढी बेसीसहर, गाउँसहर, पुरानकोट र नाल्मा क्षेत्रको शिरका रूपमा पनि चिनिन्छ। अवस्थितिका हिसाबले बेसीसहर नगरपालिका–४ मा पर्दछ। काउलेपानीसम्म मोटरमा गएर करिब एक घण्टाको पैदलयात्रापछि पुगिन्छ पुरानोकोट गढी। यहाँ शाहवंशीय राज्यकालमा ग्रिष्मकालीन दरबार थियो भन्ने ऐतिहासिक कथन छ। उतिबेलाको दरबार र नजिकै रहेको मानव बस्तीको भग्नावशेष भने अहिले पनि अवलोकन गर्न पाइन्छ। तत्कालीन समयमा प्रयोगमा ल्याइएका ढिकीको ओखल, जाँतो, सिलौटोलगायतका ढुंगे सामग्री अझै पनि देखिन्छन् त्यहाँ। सो क्षेत्रमा विभिन्न देवीदेवताका मठमन्दिर पनि रहेको र अझै पनि पूजाआजा गर्ने चलन छ। यहाँबाट लमजुङ, तनहुँ, कास्कीका थुप्रै भूभाग नियाल्न सकिने, मौसम खुलेको अवस्थामा पोखरा सहर समेत देख्न सकिने स्थानीयको भनाइ छ।

पुरानोकोट गाउँ क्षेत्र

पुरानोकोट गढीबाट दक्षिणतर्फ रहेको पुरानकोट गाउँ बेसीसहर नगरपालिकाको अर्को एउटा ठाउँ हो। वडा नम्बर ४ मा रहेको यो गाउँ पुरानोकोट गढीदेखि किरिञ्चेखोलासम्म लाम्चो आकारमा फैलिएको छ भने सुन्दरबजार नगरपालिकाको भूभागसँग सिमाना जोडिएको छ। यहाँको मुख्य आकर्षण भनेकै पुरानोकोट गढी र रक क्लाइम्बिङ गर्ने पहराहरू हुन्। मुख्य गरी गुरुङ समुदायको बसोबास रहेको यो क्षेत्र ग्रामीण पर्यटन र होमस्टेका दृष्टिले समेत उत्कृष्ट मानिन्छ। यहाँ आफ्नै खालका रैथाने कला, संस्कृति, रीतिरिवाज, चालचलन, रहनसहन र भेषभूषा देख्न सकिन्छ।

नाल्मागाउँ क्षेत्र

बेसीसहर नगरपालिका–५ मा अवस्थित एउटा लुकेको तर निकै सुन्दर बस्ती हो नाल्मा गाउँ। पुरानोकोट गढीको काखमा रहेको पुरानो बस्ती बाख्रेजगत, चालीस घडेरी हुँदै दक्षिण–पश्चिमतर्फ ओरालो लागेपछि पुगिन्छ नाल्मा गाउँ। यहाँ पुरानोगाउँ, गैह्रीगाउँजस्ता गाउँहरूमा चिटिक्क मिलेका बस्ती छन्। गुरुङ समुदायको बाहुल्य रहेको यो गाउँ बेसीसहर, गाउँसहर तिरबाट देख्न नसकिने गरी दक्षिण–पश्चिम फर्किएको छ। तर, यहाँबाट अन्नपूर्ण र माछापुच्छ्रे हिमालको दृश्य भने लोभै लाग्ने गरी सम्मुखै देख्न पाइन्छ। गुरुङ जातिको कला, संस्कृति, रीतिरिवाज, परम्परागत नृत्य, भेषभूषा रहेको र गाउँमा होमस्टे सञ्चालनको तयारी भएको स्थानीय बताउँछन्।

प्राकृतिक, भौगोलिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक, पर्यटकीय, पर्यावरणीय, सामाजिक, सांस्कृतिक आदि विविधताले भरिपूर्ण सिंगो बेसीसहर नगरपालिका आन्तरिक तथा बाह्य पर्यटकका लागि अत्यन्तै सुन्दर गन्तव्य हो। यसर्थ, एकपटक पुग्नैपर्ने, हेर्नैपर्ने र घुम्नैपर्ने ठाउँका रूपमा यसलाई लिन सकिन्छ।

 

चण्डीस्थान क्षेत्र

थुप्रै रमणीय गाउँबस्ती रहेको बेसीसहर नगरपालिका–६ मा अवस्थित चण्डीस्थान क्षेत्र पनि आफैंमा सुन्दर भूगोल हो। यो वडामा चनौटे, बेलौती बिसौना, मालेबगर, गोतामेथोक, तल्लो मकैडाँडा, उपल्लो मकैडाँडा, छापस्वाँरा, छ घर, फाँटगाउँ, भण्डारीगाउँ, काल्ने, भलामशेरा, कुर्पिन, पुमागाउँलगायतका थुप्रै गाउँवस्तीहरू रहेका छन्। बेसीसहरबजार नजिकै रहेको यो गाउँ पुमाखोला तरेर उकालो लागेपछि २० मिनेटको मोटरयात्रापछि सजिलै पुग्न सकिन्छ।

यस क्षेत्रमा विशेषतः क्षेत्री, ब्राह्मण, गुरुङ, मगरलगायतका जनजाति र दलित समुदायको बसोबास रहेको छ। यहाँस्थित उपल्लो मकैडाँडाको माथिल्लो भाग एउटा प्राकृतिक भ्यु प्वाइन्टका रूपमा स्थापित हुँदै गएको छ। यहाँबाट बेसीसहर बजार, मस्र्याङ्दी नदी अनि लमजुङका अत्यन्तै मनमोहक पहाडी भूभाग र मौसम सफा भएको बेलामा अन्नपूर्ण हिमशृंखलाको दृश्यावलोकन गर्न सकिन्छ। कृषि पर्यटकीय क्षेत्र विकास कार्यक्रममार्फत यसलाई पर्यटकीय गन्तव्य बनाउन स्थानीयवासी जुटेका छन्। यहाँ सत्यदेव हरिश्चन्द्र मन्दिर, पोखरीदेवी मन्दिर, ठूलोपोखरी र पोखरीको बीचमा भगवान् शिवजीको मूर्ति निर्माण गरिएको छ। पानीको व्यवस्थापन गरेर शिवजीको शिरबाट पानीको फोहोरा छुटाउने तयारी गरिएको छ।
चण्डीस्थानको बेसी क्षेत्रमा भने मस्र्याङ्दी नदीको मनोरम दृश्यावलोकन गर्न सकिन्छ। यहाँस्थित बेलौतीबिसौना बजार र मालेबगर आसपासबाट मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको जलाशयसम्म मध्यम दूरीको ¥याफ्टिङ र कायाकिङजस्ता साहसिक जलक्रीडा गर्न सकिन्छ। यहाँ बर्सेनि देशविदेशबाट आउने साहसिक पर्यटकले जलक्रीडा गर्ने गर्दछन्। यसलाई व्यावसायिक रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाएर पर्यटन प्रवद्र्धन गर्दै जाने लक्ष्य नगरपालिकाले लिएको छ।

पुमागाउँ क्षेत्र

उपल्लो मकैडाँडाबाट माथि उकालो लागेपछि अर्को एउटा पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको सुन्दर बस्ती पुमागाउँ पुगिन्छ। बेसीसहरबाट दक्षिण एसियाकै नमुनागाउँका रूपमा परिचित घलेगाउँ जाने सडकखण्डमा पर्ने यो गाउँ जिल्लाकै नयाँ होमस्टे गाउँका रूपमा स्थापित भइसकेको छ। अधिकांश गुरुङ जाति र केही दलित समुदायको मिश्रित बसाइ रहेको यो गाउँमा करिब ५२ घरपरिवारको बसोबास छ। तीमध्ये करिब १५ घर होमस्टेका लागि छुट्याइएको छ। पहाडी काखमा भएर पनि यो बस्ती लुकेको अवस्थितिमा रहेको छ। बाहिरबाट हेर्दा सर्लक्क मिलेको बस्तीलाई एउटै दृश्यमा हेर्न भने सकिँदैन।

लमजुङ अन्नपूर्ण फेरो पदमार्गको प्रवेशमार्गमा पर्छ। पदमार्गको प्रवेशबिन्दुमा पर्ने लमजुङका धेरै गाउँ पर्यटकीय दृष्टिकोणले आकर्षक छन्। लमजुङका धेरै गाउँमा होमस्टे पनि सञ्चालनमा छन्। जिल्लामा धार्मिक, सांस्कृतिक, प्राकृतिक सम्पदा धेरै छन्। ती गाउँमा पछिल्लो समय आन्तरिक पर्यटक पुग्न थालेका छन्।


पुमागाउँवासी पाहुनाको स्वागत, सत्कार र सेवामा निकै आत्मीयभावका साथ जुट्ने गर्दछन्। यहाँबाट देखिने बेसीसहरबजार, लमजुङ र तनहुँका विभिन्न पहाडी भूगोल अनि एउटै लहरमा लमजुङ हिमाल, अन्नपूर्ण हिमाल, ङादीचुली अर्थात् डाक्टर हर्कचुचुरो, अन्नपूर्ण पिक द्दढलगायतका दजनौं हिमशृंखलाको दृश्यावलोकन गर्दा भने यो गाउँ पनि प्राकृतिक भ्यु प्वाइन्टजस्तै लाग्छ।

खासुरगाउँ क्षेत्र
बेसीसहरको नजिकको दूरीमा रहेको ग्रामीण पर्यटकीय गन्तव्यका रूपमा परिचित खासुर गाउँ यही क्षेत्रमा पर्दछ। समुद्री सतहदेखि  ९ सय ५० मिटर उचाइमा रहेको यो गाउँमा घले, गुरुङ र दलित समुदायको मिश्रित बस्ती रहेको छ। झन्डै एक सय ३० घरधुरी रहेको यो गाउँमा पनि ‘होमस्टे’ अर्थात् घरबास कार्यक्रम सञ्चालन गरिएको छ। यहाँका २४ घरमा पाहुना राख्न सकिन्छ।

स्थानीय प्रगति नारी समाजमा आबद्ध १६ जना चेलीबेटीले गाउँमै सामूहिक खाजाघरसमेत सञ्चालन गरेका छन्। होमस्टे र सामूहिक खाजाघर सञ्चालन गरिएपछि यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकलाई निकै सुविधा भएको छ। बेसीसहरबाट ३० मिनेटको मोटरयात्रा र एक घण्टाको पैदलयात्रामै पुगिने भएकाले आन्तरिक तथा वाह्य पर्यटकलाई आवतजावतमा पनि निकै सहज मानिन्छ। चिटिक्क मिलेको गाउँ, सफा र व्यवस्थित बाटोघाटो, गुम्बाजस्ता संरचना र सम्पदाले गाउँको गरिमा र महŒव अझ बढाएका छन्। यहाँबाट देखिने विविधतापूर्ण प्राकृतिक दृश्य र छटाहरूले पर्यटकलाई आनन्दित र उत्साहित बनाइरहन्छन्।

सीतागुफा क्षेत्र
बेसीसहर नगरपालिका–१० का प्राकृतिक, पर्यवरणीय, पर्यटकीय, सामाजिक, सांस्कृतिक, धार्मिक महत्वका गाउँबस्ती, धरोहर र सम्पदाहरूकै सूचीमा पर्दछ, धार्मिक आस्था र जनविश्वास बोकेको एउट पवित्रस्थल सीतागुफा। यस नगरअन्तर्गत भकुण्डेको चालिसे चौतारादेखि पारिपट्टी मस्र्याङ्दी नदीको पूर्वी किनारको पासाचौर गाउँनजिकै यो गुफा रहेको छ। बोलीचालीमा यसलाई गुफा भनिए पनि वास्तवमा यो एउटा ओढार नै हो। उहिल्यै यहाँ ठूलो र लामो गुफा रहेको तर विभिन्न कारणले पुरिँदै गएर अहिलेको ओढारको स्वरूपमा पुगेको जनविश्वास छ। यहाँ देवीदेवताको मूर्ति स्थापना गरेर पूजाआजा गरिँदै आइएको छ।

प्राकृतिक, भौगोलिक, धार्मिक, ऐतिहासिक, पुराताŒिवक, पर्यटकीय, पर्यावरणीय, सामाजिक, सांस्कृतिक आदि विविधताले भरिपूर्ण सिंगो बेसीसहर नगरपालिका आन्तरिक तथा बाह्य पर्यटकका लागि अत्यन्तै सुन्दर गन्तव्य हो। यसर्थ, एकपटक पुग्नैपर्ने, हेर्नैपर्ने र घुम्नैपर्ने ठाउँका रूपमा यसलाई लिन सकिन्छ।

प्रकाशित: २९ वैशाख २०७६ ०७:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App