coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस नैतिकवान पार्टी होः नेता पौडेल

सुनसरी- नेपाली कांग्रेस नैतिकवान् र इमान्दारहरुको पार्टी भएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन्।

सुनसरीको रामधुनी नगरपालिकामा पार्टीले आयोजना गरेको जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सो कुरा बताएका हुन्। उनले अहिलेसम्म भ्रष्टाचारका सबै काम कुरा कम्युनिष्टहरुको सरकार भएको बेलामा भएको दाबी गरे।

उनले कांग्रेस नैतिकवान् र इमान्दारको पार्टी भएको भन्दै  सबैलाई अन्य पार्टी छोडेर कांग्रेससमा लाग्नका लागि आग्रह गरे। वरिष्ठ नेता पौडेलले पार्टीमा कुनै गुट–उपगुट नरहेकाले त्यसमा प्रस्ट हुन आग्रह गरे।

नेता पौडेलले कार्यकर्तामा उत्प्रेरणाको कमी रहेकाले एक महिने जागरण अभियानमा सम्पूर्ण कार्यकतालाई पार्टीप्रतिको इमान्दारिता बढाउने कार्यमा लाग्नसमेत आग्रह गरे।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य महेश आचार्य, १ नं  प्रदेशका संसदीय दलका नेता राजीव कोइराला, सङ्घीय सांसद तथा पूर्वराज्यमन्त्री सीताराम मेहता, जिल्ला सचिव केदार भण्डारीलगायतले पार्टीको जागरण कार्यक्रमका बारेमा प्रकाश पारेका थिए। रासस

प्रकाशित: २९ वैशाख २०७६ ०७:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App