coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अनिवार्य बन्दै पेय पदार्थ

काठमाडौं- कुनै समय ब्राम्हण, क्षत्री समुदायमा मदिरा बर्जीत थियो। निकै कमले लुकिछिपी पिउँथे। तर, जनजाती समुदायमा मदिरा सगुनको रुपमा प्रयोग हुन्थ्यो। समय फेरिएसँगै सामाजिक मूल्य, मान्यता फेरिएको छ। पछिल्लो समय ब्राह्मण, क्षेत्री समुदायमा पुरुषमात्र होइन महिलाले पनि घर-घरै वाइनको उपभोग गर्न थालेका छन्। विवाह, भोजभतेरमा मदिरा अनिवार्य बनिसकेको छ।

 दसैंतिहार लगायतका चाडपर्वमा उपहारको रुपमा दिन थालेका छन्। बढ्दो वैदेशिक रोजगार, आम्दानी वृद्धि, पश्चिमी संस्कृतिको अनुशरणले मदिरा प्रयोग गर्ने संस्कृतिको विकास भएको हो। पुरुषमात्र नभएर महिलाले पनि रुची अनुसार सफ्ट र  हार्ड ड्रिङ्क्स् प्रयोग गर्ने गरेका छन्।

मदिरासहित पेय पदार्थ अतिथीलाई सत्कार गर्ने प्रचलनको विकास भएको छ। मदिरा प्रयोग नगर्नेले हल्का पेयको रुपमा कोकाकोला, स्प्राइट, फेन्टालगायत प्रयोग गर्छन्। समर्स्वी एप्पल साइडर, टुवोर्ग वीयर, लण्डन आईस, टाइगर, गोर्खा फेबबरी, काल्सवर्ग वियर लगायत राष्ट्रिय तथा अन्तराष्ट्रि ब्राण्डले बजारमा हिस्सा जमाएका छन्। दसैं,तिहार लगायतका चाडबाडमा खानपानमा खर्च बढि हुने भएकाले मदिराको बिक्री बढेको हो।

अन्यको तुलनामा दसैंतिहारमा १५ देखि २० प्रतिशत मदिरा खपत वृद्धि हुने गरेको मदिरा व्यवसायी बताउँछन्। चाडपर्वमा खपतसमेत बढिरहेको डिभाइन वाइनका प्रबन्ध निर्देशक सन्तोष खड्काले बताए। 'नेपालमा वाइनको बजार बढिरहेको छ,' खड्काले भने, 'स्वदेशसँगै विदेशमा पनि निर्यात सुरु गरेका छौं।' प्रस्तिस्पर्धा बढेसँगै यस क्षेत्रमा लगानी बढिरहेको उनले बताए। अन्य मदिराको तुलनामा वाइन स्वास्थ्यकोलागि निकै उपयोगी भएकोले आकर्षण बढेको उनको दाबी छ। 'विदेशमा खानासँगै वाइन खाने प्रचलन छ,' खड्काले भने, 'हाम्रोमा अकेजनमा धेरै उपभोग हुन्छ।'

नेपालमा वाइन विभिन्न फलफूलको प्रयोग गरेर बनाईरहेका छन्। पछिल्लो समयमा सुगरका बिरामीलाई लक्षित गर्दै कम्पनीहरुले सुगर फि्र मदिरासमेत बजारमा ल्याएका छन्। 

दुर्गम क्षेत्रमा स्थानीयले बनाएको रक्सी प्रयोग गर्छन् भने शहरी क्षेत्रमा स्वदेशीसहित विदेशी ब्राण्डका मदिरा प्रयोग गर्ने गरेका छन्। रुची अनुसार गाउँमा पाइनले तीन पाने, जाँड, छ्याङसहित वियल, वाइन, भोड्का, रम, ह्विस्की, जीनको प्रयोग गर्ने गरेका छन्।

स्वदेशी उत्पादनका अतिरिक्त नेपालमा वार्षिक १ करोड २५ लाख लिटर मदिराजन्य पदार्थ आयात हुने गरेको भन्सार विभागले जनाएको छ। बजारमा न्यूनतम १ सय रुपैयाँ लिटरदेखि ४ लाख रुपैयाँ लिटरसम्मका मदिरा बिक्री हुन्छ। यहाँ स्वदेशसहित अन्तराष्ट्रिय ब्राण्ड बिक्री हुन्छ। यहाँ २९ वटा देशबाट मदिरा आयात हुन्छ। वार्षिक अर्बौं रुपैयाँको पेयपदार्थ, मदिरा कारोबार हुन्छ।

यहाँ करिब एक सय मदिरा उद्योग रहेको मदिरा उत्पादन संघले जनाएको छ। न्यूनतम करिब २ करोडदेखि १ अर्ब रुपैयाँसम्मको लगानीमा उद्योग सञ्चालन गरेको संघका अध्यक्ष रवी के.सी.ले बताए। 'मदिराको खपत बढेसँगै लगानी पनि बढेको छ,' उनले भने, 'नेपालमा मदिरा प्रयोगकर्ताको संख्या बढेकोले यसको बजार बढेको हो।'

स्वदेशीसहित दर्जनौं विदेशी ब्राण्डका रक्सीले नेपाली बजारमा हिस्सा जमाउँदै आएका छन्। नेपाली उद्योगीले गुणस्तरीय मदिरा उत्पादन गरेकोले विदेशी मदिराको प्रतिस्थापन हुने क्रम बढेको उनले बताए। सरकारले मदिरामा लगाउँदै आएको कर वृद्धि दर निकै बढि भएको संघका अध्यक्ष के.सी.ले बताए। 'सरकारले हरेक वर्ष अन्तःशुल्क कर १०/१५ प्रतिशत वढाउँदै आएको छ,' के.सी.ले भने, 'बढाउँदै जाँदा अत्याधिक हुने सम्भाबना रहेकोले यसमा विचार गर्नुपर्छ।' दीर्घकालीन करमैत्री हुनुपर्ने उनले बताए।

मदिरा सरकारले राजस्व संकलन गर्ने गतिलो माध्यम पनि बनेको छ। लिमिटमा प्रयोग गरे वियर, वाइन, हिस्की लगायतका मदिराले स्वास्थ्य राम्रो भए पनि अत्याधिक प्रयोग गरे विभिन्न प्रकारका रोगको खतरा रहेको चिकित्सकहरु बताउँछन्। अत्याधिक रक्सी सेवन गर्नेलाई मुख तथा घाँटीको क्यान्सर हुने जोखिम ,मुटुरोग ,उच्च रक्तचाप , पाचनक्रियामा गडबडी ,अनुहार फुल्ने, छाला चाउरिने, नि›ा नलाग्ने र निराशा बढ्ने समस्या पनि देखिने गरेका छन्।

मदिराको माग बढेसँगै यो क्षेत्रमा लगानी बढेको छ।  आर्थिक वर्ष ०७३/७४मानै करिब एक दर्जन मदिरा उद्योग सञ्चालनमा आउने तयारीमा रहेका छन्। वार्षिक करिब साढे ५ करोड मदिरा उत्पादन गर्ने लक्ष्यसहित पूर्वाधार तयार गरिरहेको उद्योग विभागले जनाएको छ। करिब १ अर्ब ३९ करोड रुपैयाँ लगानी गर्ने तयारी गरेको उद्योगले जनाएका छन्।

रौतहटमा सुधा डिस्टिलरी, नवलपसारीमा सागर डिस्टिलरी, तनहुँको आँबुखैरनीमा सूर्य ब्लेन्डर्स प्रालि , नवलपसारीमा अरुणा डिस्टिलरी, सर्लाहीमा अभिनव डिस्टिलरी , काभ्रेमा शिखर लिकर्स एन्ड डिस्टिलरी , झापामा मनास्लु डिस्टिलरी ,नवलपसारीमा लिकर्स प्रालि, महोत्तरीमा नटराज स्पि्रट इन्डस्ट्रिज प्रालि ,फार वेस्ट लिकर्स प्रालि उद्योग सञ्चालन गर्न अनुमति लिएका हुन्।

प्रकाशित: ८ कार्तिक २०७३ ०४:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App