८ वैशाख २०८१ शनिबार
राजनीति

सरकारलाई राजनीतिक आग्रह र पुर्वाग्रहबाट मुक्त हुन सुझाव

काठमाडौं -  नेपाली कांग्रेसका सांसद तथा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले राजनीतिक आग्रह र पुर्वाग्रहबाट मुक्त हुन सरकारलाई सुझाव सुझाएका छन् प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक बर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा आफ्नो धारणा राख्दै सांसद कार्कीले अर्थमन्त्री डाक्टर युवराजखतिवडालाई राजनीतिक आग्रह र पुर्वाग्रहबाट मुक्त हुन सुझाएका हुन्।

उनले भने “मुलुकको ढुकुटीको चावी बोकेको सरकारको अर्थमन्त्रीले राजनीतिक आग्रह र पुर्वाग्रह भन्दा माथि उठेर यथार्थवादी हुनु जरुरी छ । आफु बाहेक अरु सबै खराब हुन भन्ने दृष्टिकोणले अर्थतन्त्रलाई सही बाटो दिन सक्दैन । ”

सरकारले यत्रतत्र जथाभावी कनिका जसरी बजेट छरेर भोटको राजनीतिलाई सुरक्षा गर्ने अस्त्रको रुपमा लिएको भन्दै उनले त्यस तर्फ गम्भीर ध्यानाकर्षण गराए। सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी बजेट तर्जुमा गर्ने, कृषि उत्पादनमा वृद्धि, आयात निरुत्साहीत र निर्यात वृद्धि, व्यापार घाटा कम गर्ने तथा राजश्व प्रणालीलाई लगानी मैत्री बनाउने भनिएपछि प्राथमिकतामा नपरेको भन्दै यसबारे स्पष्ट योजना आउनुपर्नेमा उनले जोड दिए । बजेटको अनुशासन कायम भएको भन्ने सरकारको दाबी सही नभएको टिप्पणी उनले गरे।

प्रकाशित: २९ वैशाख २०७६ ०७:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App