१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

'बाबुराममा फ्रस्ट्रेसन देखियो'

काठमाडौं - नेकपाका सांसद सुरेन्द्र पाण्डेले डाक्टर बाबुराम भट्टराईमा फ्रस्टेसन देखिएको भन्दै बजेटका सिद्धान्त र प्राथमिकतामाथिका टिप्पणी सान्र्दभिक नभएको भन्दै प्रतिवाद गरेका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा आफ्नो धारणा राख्दै सांसद पाण्डेले यस्तो बताएका हुन्। पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई लगत्तै आफ्नो धारणा राख्न रोस्टम पुगेका सांसद पाण्डेले डाक्टर भट्टराईमा स्पष्ट फ्रस्टेसन देखिएको बताए। उनले सन् १९८० को दशकको प्रसंग उल्लेख गर्दै उनले भट्टराईको टिप्पणी सोही किसिमको फ्रस्टेसन जस्तै भएको तर्क गरे।

उनले भने,“१९८० को दशकमा पुर्व कम्युनिष्टहरुपनि जुन देशमा क्रान्तिहरु गर्न सकेनन् र असफल भईसकेपछि निरास मानिसहरुले नया आधुनिकतावादको कुरा गर्न थाले र कम्युनिष्ट आन्दोलनको प्रवाह रोकियो। अब यो अगाडि जादैन भन्दै नया आधुनिकतावादको कुरा गर्न थाले र क्रिटिकल मोडनिष्ट भिउज्हरु त्यस सिलसिलामा जन्म भए। राईटिस्हरुभित्र पनि एक खालका राईटिसहरुबाट विरक्तिएकाहरु लेफ्ट मुभमेण्टबाटै विरक्तिएकाहरुले यस खालका विचारहरु ल्याए तर त्यो पनि विचार कुनै नया परिणाममुखी , कुनै कुराहरु बाट त्यो निर्देशित थिएनन् वास्तवमा भन्ने हो भने त्यो एक प्रकारको फ्रस्टेसनको अभिव्यक्ति थियो। यो चिज हाम्रो देशमा पनि स्वयम् डाक्टर साबमा पनि व्यक्त हुन्छ।”

आधा निन्द्रामा लेखिएको भन्ने डाक्टर भट्टराईको टिप्पणी सान्र्दभिक नभएको दाबी पनि सांसद पाण्डेले गरे। उनले  बजेटका सिद्धान्त र प्राथमिकताको समर्थन गर्दै उत्पादनवृद्धि, रोजगारीमा वृद्धि, निर्यात बढाउने कुरा गर्दै गर्दा क्षेत्रगत वस्तु उत्पादनको प्राथमिकतालाई विशेष ध्यान दिनुपर्ने बताए।  अन्तरप्रदेशको समन्वय गर्ने गरि स्पष्ट ढंगले कानुन बनाउनुको साथै सार्वजनिक खरिद ऐनका केही आधारभूत प्रावधानलाई परिर्वतन गर्नुपर्ने आवश्यकता औल्याए।

प्रकाशित: २९ वैशाख २०७६ ०६:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App