८ वैशाख २०८१ शनिबार
राजनीति

बाबुरामलाई गृहजिल्लामै झट्का, ४० नेता/कार्यकर्ता नेकपामा प्रवेश

गाेरखा- पार्टी एकतामा असन्तुष्ट रहेका नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद् सदस्यसहित ४० कार्यकर्ता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। नयाँ शक्तिका केन्द्रीय परिषद् सदस्य दिनेश तमुसहित ४० नवप्रवेशीलार्इ नेकपाका केन्द्रीय सदस्य कृष्ण धितालले प्रवेश गराएका हुन्।

जिल्ला पार्टी सदस्य सुमेन्द्र श्रेष्ठ, नरेश नराल, रवि राना, धनबहादुर तामाङ, सनक उपकोटीलगायत नेकपामा प्रवेश गरेका हुन्। जिल्लाको सिराचोक गाउँपालिकाबाट अशोक गुरुङ, बिकल गुरुङ, अनुप गुरुङ राजकुमार गुरुङ, साजन गुरुङ, विजय गुरुङ, मनिलाल गुरुङ र शिव गुरुङलगायत पनि पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका छन्। ताङलीचोकका दीपक सुनार, सुमिन गुरुङ, सागर गुरुङलगायत छन्।

उनीहरूले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी मिलेर बनेकाे समाजवादी पार्टीले देशको आर्थिक विकास नगर्ने भन्दै नेकपामा प्रवेश गरेकाे बताएका छन्।

प्रकाशित: २९ वैशाख २०७६ ०६:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App