अपराधमा बालबालिकाको संलग्नता बढ्दै

सात जना बालक पक्राउ

आइतबार, २९ बैशाख २०७६, ११ : २३ नागरिक

इटहरी– पाँच दिनअघि इनरुवा वडा नं. २ स्थित बालमन्दिर माध्यमिक विद्यालयको मूलगेटको ताला फोडेर कम्प्युटर कक्ष र लेखापाल कक्षको सामान चोरी भयो।

तीन दिनअघि इनरुवा वडा नं. १ स्थित टेम्पो स्टेण्ड नजिकै चाँदनी आधारभूत विद्यालयको कार्यालय पनि तोडफोड गरी सामान चोरी गरेर केहीमा आगजनीसमेत गरेको भेटियो। विद्यालयमा यसरी शृंखलाबद्ध रुपमा चोरी हुने क्रम बढेसँगै प्रहरीले गम्भीर अनुसन्धान थाल्यो। अन्ततः चोरी गरेको आरोपमा सात जना बालकलाई पक्राउ गरेर अनुसन्धान थालेको छ।

प्रहरीले इनरुवा नगरपालिका र गढी गाउँपालिका क्षेत्रका बालकलाई पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सुुनसरीले जनायो। सातै जना बालकलाई प्रहरीले अदालतबाट पाँच दिने म्याद थपेर अनुसन्धान थालेको हो। पक्राउ पर्ने बालकको साथबाट विभिन्न सामानसमेत बरामद गरेको छ। जसमा एलसिडी, साउन्ड बक्स, थर्मस,  राइस कुकर, सानो हुफर, घडी, सानो एफएम, मल्टिप्लक, दाउ, चक्कु, चर्ट लाइट, रिमोटलगायतका सामग्री प्रहरीले बरामद गरेको छ।

यसरी एकपछि अर्को फौजदारी अपराधका घटनामा बालबालिकाको संख्या बढ्दो  छ। बालबालिका नै अपराधमा संलग्न हुनुको कारणमा आपराधिक मनोवृत्तिका व्यक्तिको संगत नै मुख्य भएको प्रहरीले जनायो।

साउनयता ४९ जनाविरुद्ध मुद्दा दर्ता

प्रहरीको आँकडाअनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाख २८ गतेसम्म सुनसरीभर ४९ जना बालबालिकाविरुद्ध मुद्दा दर्ता गरिएको छ। इटहरी क्षेत्रबाट १५ जना बालबालिका पक्राउ परेका छन्। यस्तै, धरान प्रहरीले पक्राउ गरी १० जना बालक र एक जना बालिकाविरुद्ध मुद्दा चलाएको छ। धरानले पक्राउ गरी मुद्दा चलाएकामध्ये सवैभन्दा बढी ज्यान मार्ने उद्योगमा छन्।

जिल्ला प्रहरी कार्यालय इनरुवाले १६ जना बालकविरुद्ध मुद्दा चलाएको छ। इनरुवाले मुद्दा चलाएका अधिकतर बालबालिका चोरीमा संलगन रहेको प्रहरी निरीक्षक सुभेष अधिकारीले जनाए। दुहवी प्रहरीले साउनयता पाँच जनाविरुद्ध मुद्दा चलाएकोमा तीन जनालाई सुधार गृहमा राखिएको छ भने अरु दुई जना छुटिसकेका छन्। सुधार गृहमा राखिएकामध्ये एक जना मोटरसाइकल चोरी र दुई  जनालाई जबरजस्ती करणी मुद्दा चलाइएको हो। छुटेका दुवै जना लागुऔषध सेवनकर्ता हुन्।

प्रहरीले अपराधमा संलग्नमध्येका बालबालिकालाई ज्यान मार्ने उद्योग, जबरजस्ती करणी, करणी उद्योग, केही सार्वजनिक अपराध, लागुऔषधलगातमा मुद्दा चलाएको छ। मुद्दा चलाएका बालबालिकालाई सुधारगृहमा राखेर कारबाही गरिएको जानकारी दिइयो।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad