प्रअमाथि दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

आइतबार, २९ बैशाख २०७६, ०९ : १५ नागरिक

खोटाङ – खोटाङमा मापसे गरेर प्रधानाध्यापकमाथि हातपातको प्रयास गर्ने शिक्षक पक्राउ परेका छन्। व्यवस्थापन समितिको बैठक चलिरहेको समयमा मादक पदार्थ सेवन गरेर प्रअमाथि हातपात गर्न खोजेको आरोपमा हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिमस्थित रातमाटे प्राविका शिक्षक खेमराज राई पक्राउ परेका हुन्। सट्टा शिक्षक राख्ने विषयमा शुक्रबार बसेको व्यवस्थापन समितिको बैठकमा शिक्षक राईले प्रअ टेकबहादुर राईमाथि हातपातको प्रयास गरेका थिए। सोही आरोपमा शिक्षक खेमराजलाई इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएका प्रहरीले नियन्त्रणमा लिएको हो।

मेडिकल जाँच गरी उनलाई नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ। सोही विद्यालयमा कार्यरत शिक्षक इच्छाराम राईले व्यक्तिगत समस्याका कारण सट्टा शिक्षक राखेर पठन–पाठन गर्न वैसाख १५ गते निवेदन दिएपछि छलफल गर्न बोलाइएको बैठकमा शिक्षक राईले कुर्सी उठाएर प्रअलाई हान्ने प्रयास गरेको व्यवस्थापन समितिका अध्यक्ष राजन राईले बताए। आक्रमण रोक्न खोज्दा वडा सदस्य फलामसिं राईको खुट्टामा सामान्य चोट लागेको छ। नियमअनुसार सट्टा शिक्षक राख्न नसकिने निर्णय गर्न लाग्दा प्रअमाथि आक्रमणको प्रयास भएको हो। मापसे गरेर प्रअमाथि आक्रमण गर्न खोजेपछि शिक्षक राईलाई प्रहरीको जिम्मा लगाएको नगर प्रमुख इवन राईले बताए।








यसमा तपाईको मत

अन्य समाचार

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

लिनोभो, डेल र एचपीको बिक्रि बढ्ने क्रममा - एप्पलको बिक्रि तल खस्किदै ...

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

११०० भन्दा बढी प्रयोगकर्ताले आफ्नो नयाँ आइफोन ११को डिस्प्ले खरिदको एक दुई दिन मै स्क्र्याच हुन थालेको भन्दै गुनासो गरेका...

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

Ncell Footer Ad