८ वैशाख २०८१ शनिबार
समाज

ठगी आरोपमा सिंह पक्राउ

सर्लाही – बचत तथा ऋणको कारोबार गर्ने बहानामा १७६ जनालाई ठगी गरेको आरोपमा चन्द्रनगर गाउँपालिका–४, बबरगन्ज निवासी ३८ वर्षीय नागेन्द्रप्रसाद सिंहलाई इलाका प्रहरी कार्यालय लालबन्दीले पक्राउ गरेको छ।

विकासोन्मुख इन्भेस्टमेन्ट प्रालिको नामबाट अवैध रुपमा बचत तथा ऋण कारोबार गर्दै आएका सिंहले लालबन्दीका निश्चल राई, विक्रमकुमार मोक्तान, करुण मिक्चन, रोहन तामाङ, प्रमिला ढकाललगायत १७६ जनालाई करिब डेढ वर्ष अगाडिदेखि सदस्य बनाई ३० लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। दुई महिनादेखि कार्यालय बन्द गरी फरार रहेका सिंहलाई विशेष सुराकीका आधारमा प्रहीले लालबन्दीबाटै पक्राउ गरेको हो।

सिंहले संस्थाको शाखा कार्यालय सर्लाहीकै बयलवास र बरहथवामासमेत स्थापना गरी अवैध रुपले बचत तथा ऋण कारोबार गर्दै सर्वसाधारणलाई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। सर्लाही अदालतबाट म्याद लिएर अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।

प्रकाशित: २९ वैशाख २०७६ ०३:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App