७ वैशाख २०८१ शुक्रबार
समाज

मध्यरातमा घरमा लुटपाट

सर्लाह – नकाबसहितको हतियारधारी समूहले शुक्रबार राति हरिपुर नगरपालिका–३, फरहदवास्थित विकाउ महराको घरमा लुटपाट मच्चाएको छ। चारजनाको समूहमा रहेका लुटेराले घरमा रहेका महिला एवं बालबालिकालाई नियन्त्रणमा लिई तीस हजार रुपैया“ नगद तथा एक थान सुनको तिलहरी लुटेर लगेको पीडितले बताएका छन्।

घरधनी महरा वैदेशिक रोजगारमा रहेकाले घरमा महिला तथा बालबालिका मात्र छन्। राति १ बजे लुटेरा समूह पर्खाल नाघेर घरभित्र प्रवेश गरेका थिए। घटनास्थलबाट चाइनिज पेस्तोलमा लाग्ने एक थान म्यागजिन र ६ राउन्ड गोली बरामद भएको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बताए। लुटपाटमा संलग्नको खोजी भइरहेको प्रहरीले बताएको छ।

यसैबीच जिल्लाको दक्षिणी क्षेत्रस्थित भारतीय सीमावर्ती गाउँमा शनिबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। विष्णु गाउँपालिका–४ मा मोटरसाइकल दुर्घटना हुँदा स्थानीय सुनिल महतोकी श्रीमती ४० वर्षीया बविता महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रजितसिंह राठौरले जानकारी दिए। दिउँसो साढे ३ बजे बिआर ३० एल ९४३२ नम्बरको भारतीय मोटरसाइकल अनियन्त्रित भई पल्टँदा दुर्घटना भएको हो।

 

प्रकाशित: २९ वैशाख २०७६ ०३:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App