७ वैशाख २०८१ शुक्रबार
राजनीति

कलैयामा दलित छात्रावास र वृद्धाश्रम बन्दै

अमर माविमा दलित छात्रावासको शिलान्यास गर्दै मन्त्री सोनल, नगरप्रमुख यादवलगायत।

बारा - कलैया उपमहानगरपालिका–२ को दोहरीस्थित अमर माविमा दलित छात्रावास र लंग्डा मठनजिक वृद्धाश्रम बन्ने भएको छ। प्रदेश सरकारको सहयोगमा निर्माण गरिने सो छात्रावास र वृद्धाश्रम प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल र कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादले शनिबार एक कार्यक्रमबिच शिलान्यास गरेका हुन्।

एक÷एक करोड रुपैयाँ लागतमा बन्ने छात्रावास र वृद्धाश्रमको दुई वर्षभित्रमा निर्माण सक्ने गरी सम्झौता भएको छ। दलित छात्रावास निर्माण भइरहेको सो विद्यालयमा ४० प्रतिशत दलित समुदायका बालबालिका पढ्ने गरेका गरेका छन्। एक हजार वर्ग फिटमा निर्माण गरिने छात्रावासमा भुइँतलामा सातवटा कोठा रहेको सहरी विकास तथा भवन कार्यालय वीरगन्जका प्रमुख सरोज गोइतले बताए।

 एक/एक करोड रुपैयाँ लागतमा बन्ने छात्रावास र वृद्धाश्रमको दुई वर्षभित्रमा निर्माण सक्ने गरी सम्झौता भएको छ।

एक करोडको लागतमा निर्माण गरिने छात्रवासका लागि चालु आवमा ५० लाख रुपैयाँ विनियोजन गरिएको र त्यसबाट एकतले भवन निर्माण गरिने गोइतले बताए। अर्को वर्ष पनि ५० लाख रुपैयाँ खर्च गरी त्यसैमाथि दोस्रो तला थपिने गरी काम अघि बढाइएको उनले जानकारी दिए। उनका अनुसार भूकम्पप्रतिरोधी भवन निर्माण हुने छात्रावासलाई तीनतलासम्म गरी २१ वटा कोठा निर्माण गर्न सकिने किसिमले डिजाइन गरिएको छ। शिलान्यास गरिएको वृद्धाश्रम पनि १४ कोठे निर्माण गरिने गोइतले बताए। चालु आवमा विनियोजित ५० लाख रुपैयाँ लागतमा एउटा बरन्डा, भान्साकोठा र बाथरुम गरी सातवटा कोठा निर्माण गरिने भएको छ।

मन्त्री सोनलले प्रदेश २ का आठ जिल्लामा दलित छात्रावास र वृद्धाश्रम निर्माण गर्ने प्रदेश सरकारको उद्देश्य रहेको बताए। यसको निर्माणले दलित बालबालिकालाई निःशुल्क रूपमा बसेर अध्ययन गर्न सजिलो हुने बताए। उनले भने, ‘बुढेसकालमा घरपरिवारमा बस्न नसक्ने ज्येष्ठ नागरिकलाई वृद्धाश्रममा बसेर जीवन बिताउन राहत पुग्नेछ।’ उपमहानगर प्रमुख यादवले कलैया उपमहानगरपालिकामा दलित छात्रावास र वृद्धाश्रमको कमी रहेकाले गर्दा यसको निर्माणले त्यस कमीलाई पूरा गर्ने बताए। उनले निर्माण हुने दलित छात्रावास सदुपयोग गरी त्यसबाट दलित समुदायका विद्यार्थीले फाइदा लिनुपर्ने सुझाव दिए।

प्रकाशित: २९ वैशाख २०७६ ०२:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App