coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नेपाल र भियतनामले राष्ट्रसंघसहित अन्तर्राष्ट्रियमञ्चमा सहकार्य गर्ने

काठमाडाैँ - भियतनाम भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी न्युगेन सुआन फुक्चबीच संयुक्त राष्ट्रसंघसहित क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चहरूमा सहयोग र सहकार्य गर्ने सहमति भएको छ । प्रधानमन्त्री ओलीको भ्रमणका अवसरमा जारी गरिएको १६ बुँदे संयुक्त विज्ञप्तिमा दुई नेताबीच दुईपक्षीय सम्बन्धका सबै पक्षबारे छलफल भएको उल्लेख गरिएको छ । त्यस्तै दुई नेताबीचमा क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा आपसी चासोका विषयमा समेत विचार आदानप्रदान भएको छ ।

दुई नेताको उपस्थितिमा नेपाल र भियतनामका कूटनीतिक तथा आधिकारिक राहधानीबाहकलाई भिसा छुट दिने सहमतिमा समेत हस्ताक्षर भएको छ । त्यस्तै दुई मुलुकबीच व्यापार तथा लगानी सहयोगसम्बन्धी सम्झौताको ढाँचा तयार पार्न दुई मुलुकका विदेश मन्त्रालयले दुईपक्षीय परामर्श संयन्त्र निर्माण गर्ने सम्झौता भएको छ ।
दुई मुलुकबीच कृषि सामग्रीको बजार पहुँच, सूचना आदानप्रदान तथा कृषि विज्ञान र प्राविधिक अध्ययनका क्षेत्रमा सहयोग जस्ता विषयमा सहमति भएको छ । भियतनामले समयभन्दा पहिले नै नेपाल अल्पविकसित मुलुकबाट माथि उठ्न सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ । त्यस्तै नेपाली उत्पादनलाई भियतनामको बजारमा आयात गर्न र त्यहाँका लगानीकर्तालाई नेपालको उत्पादनमूलक क्षेत्रमा लगानी गर्न पनि भियतनामले सहयोग गर्ने सहमति भएको छ ।

विज्ञप्तिमा प्रधानमन्त्री ओलीले भियतनामले प्राप्त गरेको अद्वितीय आर्थिक विकासका लागि समकक्षी र त्यहाँका जनतालाई बधाई व्यक्त गरेको उल्लेख गरिएको छ । त्यस्तै भियतनामका प्रधानमन्त्रीले प्रधानमन्त्री ओलीले दक्षिणपूर्वी एसियाको पहिलो भ्रमणका लागि भियतनामलाई छनोट गरेको भन्दै आभार व्यक्त गरेका थिए । उनले नेपालको ऐतिहासिक राजनीतिक परिवर्तन हासिल गरेको र मौलिक ढंगले शान्ति प्रक्रिया टुंगो लगाएको र लोकतान्त्रिक संविधानमार्फत यसलाई संस्थागत गरेको भन्दै नेपाली जनतालाई बधाई दिएका छन् । दुवै पक्षकाबीचमा संस्कृति, पर्यटन र नागरिकबीचको अन्तत्र्रिmया विस्तार तथा आदानप्रदान गर्ने सहमति भएको छ । भियतनामले ‘भिजिट इयर २०२०’ लाई समर्थन गर्दै नेपालमा थप पर्यटक पठाउने जनाएको छ । दुवैपक्षले विज्ञान तथा प्रविधि, सूचना र सञ्चार विपद् पूर्वतयारीलगायतका महŒवपूर्ण क्षेत्रमा सहयोग वृद्धि गर्ने सहमति भएको छ ।

प्रकाशित: २९ वैशाख २०७६ ०२:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App