७ वैशाख २०८१ शुक्रबार
समाज

झापाको माइ पुलमा टाइम बम, राजमार्ग अवरुद्ध

राजमार्गको माइ पुलमा शंकास्पद बस्तु फेला परेपछि रोकिएका सवारी साधान । तस्बिर: चिरञ्जिवी घिमिरे/नागरिक

झापा - झापाको कनकाई नगरपालिकाको माइ पुल नजिकै शंकास्पद बस्तु फेला परेको छ। राजमार्गको पुलको पूर्वी भागमा आइतबार बिहान शंकास्पद बस्तु फेला परेपछि उक्त राजमार्ग भएर चल्ने सवारी आवागमन ठप्प भएको छ।

बिहान साढे ६ बजेदेखि राजमार्ग अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन्। उक्त बस्तु बम हुनसक्ने आशंका गरिएको छ।

इलाका प्रहरी कार्यालय बिर्तामोडमा डिएसपी सुवाश खड्काले घटनास्थलमा सेनाको बम डिस्पोजल टोली आइपुगेको जानकारी दिए। उनले भने, चाँडै नै पत्ता लगाएर राजमार्गमा यातायात सुचारु गछौं।'

प्रहरी स्रोतकाअनुसार पुलमा राखिएको वस्तु टाइम बम हो। बम राखिएको ठाउँ नजिकै गोर्खा नेपाल जनमुक्ति मोर्चा लेखिएको पर्चा फेला परेको छ।

प्रकाशित: २९ वैशाख २०७६ ०१:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App