coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेसमा गुट छैन, यसकाे कल्पनासमेत नगर्नुस् : महामन्त्री कोइराला

सिन्धुली - कम्युनिस्ट सरकारको हावादारी गफले मुलुक गम्भीर अवस्थामा पुगेको नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बताएका छन्। 

नेपाल मगर संघको ३ नम्बरस्तरीय प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै आफ्नो पार्टीमा पनि एकता चाहिएको बताए।

पार्टीमा एकता हुनप-यो, उनले भने, ‘गुट र उपगुटको कल्पनासमेत नगर्नुस्। गुट र उपगुटको बढी चर्चा भएकाले पार्टीलाई धराशयी बनाएको उनको भनाइ छ। हाम्रो पार्टीमा कुनै तित्तता नभए पार्टीलाई कसैले हराउन सक्दैन,’ उनले थपे, ‘पार्टीभित्रको तित्तता हटाएर कार्यकर्ताको संरक्षण गर्न सके हामी सधैं पहिलो पार्टी हुन्छौं।

टिकट वितरणमा समेत केन्द्रको हस्तक्षेप भएकाले पार्टी हारेको भन्दै स्थानीय तहको टिकट स्थानीय तहले नै बाँड्न सक्ने अवस्था ल्याउनुपर्ने बताए। म पार्टीको सभापति भएपछि महिलालाई ५० प्रतिशत आरक्षण दिन्छु,’ उनले हाँस्दै भने, ‘म तीनपटक एकै क्षेत्रबाट जित्नुमा मगर र महिलाको ठूलो भूमिका छ।’

प्रकाशित: २८ वैशाख २०७६ १२:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App