८ वैशाख २०८१ शनिबार
समाज

गाँजा बेच्नै पर्दैन, विदेशीलाई सुघाँएरै पैसा कमाइन्छः सांसद स्थापित

तस्बिर: विष्णु लामिछाने /नागरिक

काठमाडौं - प्रदेश तीनका प्रदेश सभा सदस्य केशव स्थापितले कृषिकै माध्यमबाट समृद्धिको बाटोमा जान सकिने बताएका छन्। सामुदायिक कृषिबजारको शनिबार उद्घाटन गर्दै सांसद स्थापितले हाट बजारले जिवन पाठशालाको काम गर्ने भएकाले सबैले पाठ सिक्न सक्ने बताए।

'सामुदायिक बजार भएपछी झगडा हुन्छ,मेलमिलाप हुन्छ सबैथोक हुन्छ। अनि न मान्छेले सिक्छ,उपेन्द्र महतो तराईमै बसिरहेका भए आज पान बेच्दै हुन्थे। काठमाडौ आए, यस्तै बजारहरुबाट सिके अहिले ठुला ब्यापारी भए', उनले भने।

त्यस्तै उनले अमेरिका जस्तो विकशित मुलुकमा समेत गाँजा खुला गरिएको भन्दै नेपालमा भने प्रहरीले फाँड्ने गरेकोमा रोष प्रकट गरे। उनले भने, हामी शिवजीका सन्तान हौं,गाजा रोप्नै पर्दैन,गरिखाउ भनेर शिवजीले दिए।

'गाँजा पनि कृषि उत्पादन मध्येकै हो। यसबाट पनि आम्दानी गर्न सकिन्छ। बिदेशिलाई गाँजा बेच्नै पर्दैन,सुँघाएरै पैसा लिन मिल्छ,पैसा त कति आउँछ कति', उनले भने।

हरित कृषी सहकारीले झन्डै १०० वटा स्टल सहित सामाखुशीमा हरित सामुदायिक कृषि बजार शुरु गरेको छ।

प्रकाशित: २८ वैशाख २०७६ ०७:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App