८ वैशाख २०८१ शनिबार
समाज

वंशजका आधारमा तीन सय २१ जनाले लिए नागरिकता

सप्तरी - जिल्ला प्रशासन कार्यालय सप्तरीबाट यही वैशाख महीनाभित्रमा ३२१ ले वंशजका आधारमा नागरिकता पाएका छन्।

नागरिकता प्राप्त गर्नेमा २२९ पुरूष र ९२ महिला रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ। नागरिकता लिनेमा जिल्ला प्रशासन कार्यालयबाट २२०, इलाका प्रशासन कार्यालय कञ्चनपुरबाट ९८ र इलाका प्रशासन कार्यालय बोदेबरसाइनबाट तीन ले नागरिकता लिएको निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द ठाकुरले जानकारी दिए।

सर्वोच्चको आदेशपछि गत चैत २६ देखि वैशाख ३ सम्म नागरिकता वितरणकार्य रोकिएको थियो भने पुनः यही वैशाख २४ देखि गृह मन्त्रालयले अल्पकालीन जन्मका आधारमा दिइदै गरेको वंशज नागरिकता दिनमा रोक लगाएको छ।
    
वैशाख ३ मा सर्वोच्चकै आदेशबाट नागरिकता वितरण खुल्ला भएपछि वैशाख ४ गतेदेखि नागरिकता वितरण कार्य सुरू भएको २० दिन पछि पुनः सो कार्य रोकिएको छ। दैनिक सरदर १६ देखि २० जनाले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कले देखाएको छ।

प्रकाशित: २८ वैशाख २०७६ ०७:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App