coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

ढुंगेसाँघु नजिकै झोलुंगे पुल

पोखरा महानगरपालिका–१७ मा झोलुंगे पुल शिलान्यास गर्दै नगरप्रमुख मानबहादुर जिसी। तस्बिरः नागरिक

पोखरा– पोखरा महानगरपालिका–१७ महतगौंडाको ढुंगेसाँघु नजिकै झोलुंगे पुल निर्माण हुने भएको छ। करिब २७ लाख ५० रुपैयाँको लागतमा बन्ने पुल पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शिलान्यास गरे।

सेती नदीको गल्छी, प्राकृतिक रूपमा बनेको ढुंगेसाँघुको पुल, सदाशिवजी हरिहर मन्दिरलगायतका दृश्य पुलबाट हेर्न सकिनेछ। सीतापाइला सेती नदी झोलुंगे पुल निर्माण समितिले आयोजना गरेको कार्यक्रममा मेयर जिसीले पुलले शब्दझैं दुईवटा खण्डलाई जोड्ने बताए। अनेक बेथितिलाई हटाउँदै काम गर्नुपरेकाले भर्खरै परिणाम नदेखिने उनले उल्लेख गरे।

जनताले तिरेकै करबाट पुल बन्न लागेकाले यसको अनुगमन गर्ने दायित्व पनि जनताकै भएको उनको भनाइ छ। ‘जनताले तिरेको अलिकति कर यहीँ आयो। हामी त तपाईंका प्रतिनिधि मात्र हौं। यसको रेखदेख गर्ने तपार्इंहरूले नै हो,’ उनले भने, ‘पूर्वाधारमा स्थानीयको पनि चासो हुनुपर्छ। राज्यले बनाउँछ भनेर मात्र पछि हट्नु हुँदैन।’

पोखरा महानगरपालिका–१७ का अध्यक्ष तीर्थराज अधिकारीले वडाभित्रका गन्तव्यमा पर्यटक दिनभर भुल्न सक्ने गरी संरचना बनाइँदै गरेको बताए । बाटो चौडा, फनपार्क, विभिन्न पुल, मन्दिर, सेती नदी, संग्रहालय, डेभिजफल, गुप्तेश्वर गुफा जस्ता अनेक सम्पदा भएको वडालाई समृद्ध बनाउन योजना बन्दै गरेको उनको भनाइ छ।
पोखरा १५ का वडाध्यक्ष प्रकाश पौडेलले पोखराका विभिन्न स्थानमा पुल अझै आवश्यक रहेको बताए। उनले अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय र वन क्याम्पसले संरक्षण गरेको वनबीचमा पनि झोलुंगे पुल आवश्यक रहेको बताए। सदाशिवजी हरिहर मन्दिरका अध्यक्ष दीपक आचार्यले यो क्षेत्र आत्यात्मिक र पर्यटकीय भएकाले दुवै पक्षलाई समेटेर उचित योजना बनाउन अग्रह गरे।

प्रकाशित: २८ वैशाख २०७६ ०६:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App