८ वैशाख २०८१ शनिबार
समाज

याक एण्ड यति होटलबाट १२ भारतीय प्रहरीकाे नियन्त्रणमा

काठमाडाैँ - नेपालमा प्रतिबन्धित नेटवर्किङ्ग बिजनेश संचालन गर्न लागेको आशंकामा हाइप्रोफाइल १२ जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ। राजधानीको दरबारमार्गनजिकै रहेको पाँचेतारे होटेल याक एण्ड यतिबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

भारतमा साइन ग्रुपको नामले सञ्चालित नेटवर्किङ्ग बिजनेशलाई नेपालमासमेत विस्तार गर्नको लागि नेपाली नागरिकलाई साहभागी गराइ नेटवर्किङ व्यापार प्रशिक्षण र तालिम सञ्चालन गरिरहेको विशेष सूचनाको आधारमा उनीहरुलाई शुक्रबार राति पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए।

उनले भने,‘ पक्राउ परेका सबै जनामाथि अनुसन्धान भइरहेको छ।’ महानगरीय प्रहरी परिसर, महानगरिय अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

प्रकाशित: २८ वैशाख २०७६ ०५:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App