६ वैशाख २०८१ बिहीबार
अन्य

पाइलापाइलामा विभेद

सीमा आभास
मेरो छिमेकीकी ४ वर्षीया छोरीले आमालाई भनिन्– “त्यसरी खुट्टा  फारेर बस्नु हुँदैन।”
आमाले किन भनेर सोधिन्।
छोरीले भनिन्– “छोरी मान्छे हो नि त तपाईं पनि।”
“कस्ले भन्यो ?” आमाले सोधेकी थिइन्।
नानीले भनिन, “मेमले।”

ती मेम पनि यो समाजकी महिला हुन्। उनले बाल्यकालमै छोरी मान्छेले खुट्टा फारेर बस्नु हुँदैन भनेर सिकेकी छिन्। उनले पनि आफ्ना विद्यार्थीलाई राम्रो कुरा सिकाएकी हुन्। समाजमा अधिकांश छोरीहरूलाई बच्चामै सिकाइन्छ– छोरी भएर खुट्टा ठटार्दै हिड्नु हुँदैन। जीउ छोडेर सुत्नु हु“दैन। जीउलाई चपक्क बाधेर सुत्नुपर्छ। खुट्टा फारेर बस्नु हुँदैन।
छोराले उसको शरीरलाई स्वतन्त्रतापूर्वक हिँडाउन, बसाउन, कुदाउन पाउ“छ। तर छोरीलाई उसको शरीरलाई स्वतन्त्र बन्न दिइ“दैन। छोराले उत्ताने सुत्नु हुँदैन भनिदैन। तर छोरी त्यसरी सुती भने राम्रो मानिदैन। छोरा मज्जाले खुट्टा हल्लाएर बस्छ। तर छोरीलाई त्यसरी बसेको सुहाउ“दिलो मानि“दैन।

एउटै स्कूलमा पढ्ने, एउटै उमेरका, एउटै कोर्स पढ्ने केटा र केटीलाई दिइने शिक्षा एउटै छ। तर त्यही कोर्सबाट उनीहरूले ग्रहण गर्ने शिक्षा फरक छ। छोराले आफ्नो शरीरलाई फुक्काफाल ढंगले प्रयोग गर्न पाउँछ। अबोध हु“दादेखि नै छोरीले नियमपूर्वक, तौली–तौली आफ्नो शरीरसँग सचेत भएर रहनुपर्छ। भयरहित वातावरणमा आफ्नै शरीरसँगको स्वतन्त्रता पनि उपभोग गर्न पाउँदिन। छोरीले बोल्ने बोली, हिँड्ने चाल, उसका चासोलाई घरमा, समाजमा, छरछिमेकमा, आफन्तकोमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नियमन गरिहेका हुन्छन्।

एलकेजीमा पढ्ने नानीले भनिन्– “स्कूलमा खेल खेलाउ“दा म डाक्टर बन्छु भनेको थिएँ। मेमले तिमी नर्स बन अभिषेक डाक्टर बन्छ भन्नु भो। अब म नर्स बन्ने।” सामान्य सुनिए पनि कति डरलाग्दो कुरा हो यो। बाल–मष्तिस्कमा रोपिदिएको त्यो मनोविज्ञानले उसको भविष्य निर्धारण गर्नका लागि अहम् भूमिका खेल्छ।

कुनै पनि छोरी, धेरथोर केही मात्र ऊ आफ्नै मनमौजीले चल्ने स्वाभावकी भई भने सबैले उसलाई सजग र सचेत बनाइहाल्छन्। उसलाई डर देखाउँछन्। त्यतिले पनि पुगेन भने सानोतिनो धम्की पनि दिन पछि पर्दैछन्। एक प्रकारले मनोवैज्ञानिक रूपमा बाल्यावस्थामै उसलाई हरेक पाइलामा सजग बनाउँछन्। यस्तो सजग बन्नुपर्ने मानसिकताले छोरीहरूलाई सहजभन्दा बढी असहज बनाइरहेको हुन्छ। यही कुरा कालान्तरमा उनीहरूको प्रगतिको बाधक बन्ने गर्छ। अझै बुझ्ने भाषामा भन्दा बाल्यकालमै छोरीहरूको नैसर्गिक स्वाभाव र आफ्नोपन ताछिदिन्छन्।

शिक्षाका लागि घरमात्र पर्याप्त छैन। उनीहरूको सिकाइ साथीसमूहमा, स्कूलमा पनि उत्तिकै रहने गर्छ। छोरीले खुट्टा फारेर बस्नु हुँदैन भन्ने सामाजिक मान्यता थियो। छोरीको हिँडाइ, बोलाइ, लवाइ–खुवाइ, कुदाइ सारा कार्यहरूमा समाजले एउटा निश्चित मान्यता स्थापित गरेको छ। त्यस्ता संकुचित मान्यताको विरूद्धमा सचेत आमा–बुबासमेत छोरीहरूलाई सिकाउन चाहँदैनन। तर स्कूलले नै सिकाउ“छ। एउटा शिक्षकले बोलेको कुरा बच्चाले हुबहु पालना गर्छ। उसको बसाइलाई नियमन गर्छ र सानैदेखि उसलाई छोरी भएकोमा बस्दा पनि छोराको झैँ बस्नु हु“दैन भनेर हीनताबोधको बिरूवा रोपिदिन्छ। हामीले सहजै रूपमा आ“कलन नगरेको त्यस्तो मनोविज्ञानले छोरीहरूलाई तन्किनै नदिने गरी खुम्च्याइदिन्छ। 

अहिले निजी स्कूलमा हामी छोराछोरीलाई पढाउने सपना बुन्छौं। उनीहरूको पढाइका लागि ठूलो लगानी पनि गर्छौं। छोरीले कुनै खराब शिक्षा नपाओस् भनेर घरमा सचेत हुन्छौ“। परेको र आइलागेका बेलामा जस्तोसुकै काममा पनि डटेर लड्न सक्ने बनोस् भन्ने अपेक्षा पनि राख्छौं। तर पनि एउटै स्कूलमा, एउटै किताबमा पढ्ने छोरी र छोराले ग्रहण गरेको शिक्षा फरक छ। ज्ञान फरक छ। छोराले रक्षक भएको आत्माबलले भरिएको शिक्षा पाउ“दा छोरीले भने क्रमशः प्रतिरक्षक वा विद्रोही बन्न सिकिरहेकी हुन्छे। एकातिर किताबी ज्ञानमा बराबरी र विभेदरहित शिक्षाको पाठ पढाइन्छ। तीनै पाठ पढ्दा छोरीहरू भने झन् बढी विभेदको महसुस गरिहेका हुन्छन्।

अर्की एलकेजीमा पढ्ने नानीले भनिन्– “स्कूलमा खेल खेलाउँदा म डाक्टर बन्छु भनेको थिएँ। मेमले तिमी नर्स बन अभिषेक डाक्टर बन्छ भन्नु भो। अब म नर्स बन्ने।” सामान्य सुनिए पनि कति डरलाग्दो कुरा हो यो। उसको बाल–मष्तिस्कमा रोपिदिएको त्यो मनोविज्ञानले उसको भविष्य निर्धारण गर्नका लागि अहम् भूमिका खेल्छ।

अभिषेक केटा भएकाले डाक्टर बन्न सक्षम छ। योग्य छ। त्यो नानी केटी भएकीले नर्स बन्नुपर्छ। केटीले बन्ने भनेको नर्स हो। त्यो कलिलो मस्तिष्कमा पर्ने छापको आ“कलन गर्न हामी सक्छौ“ ? एउटा व्यक्ति भविष्यमा नर्स या डाक्टर जे बने पनि हुन्छ। तर केटा भएकाले डाक्टर बन्ने र केटी भएकाले नर्स बन्ने भन्ने मनोविज्ञानको विकास गराउनु छोरीमाथि गरिने एक प्रकारको अपराध हो। समाज वा सामाजिक मनोविज्ञानले जानीनजानी यस्तो अपराध गरिरहेको छ।

ती नानी पछि डाक्टर नै बन्नका लागि पढ्ने भइन् भने पनि उनको साथी अभिषेकका अगाडि मनोवैज्ञानिक रूपमा आफूलाई कमजोर ठान्न अवस्था आउन सक्छ। अथवा कुनै पनि केटालाई आफूभन्दा सक्षम ठान्ने र आफू लगायत कुनै पनि केटीहरू केटाभन्दा कमजोर हुने मानसिकताको विकास हुनसक्छ। कसैगरी ऊस“ग प्रतिस्पर्धामा आए पनि उसलाई जित्न नसक्ने मनोविज्ञानले उनलाई नराम्ररी गा“जिरहेको हुन्छ।

तर अभिषेक उसका अगाडि कमजोर नै भए पनि सक्षम जस्तो देखाउन सफल हुनसक्छ। आजसम्म समाजमा केटाकेटीबीचको प्रतिस्पर्धामा लगभग यही दृष्टान्त देखिन्छ। साना कक्षाहरूमा केटालाई जित्ने केटीहरू ठूला कक्षामा पुगेपछि क्रमशः कमजोर बनेका जस्ता देखिन्छन्। उमेर पुगेर जवान भएपछि त कमजोर केटाले पनि सक्षम केटीलाई हैकम जमाउ“छ नै। त्यसको एउटा मुख्य कारण हामीले छोरी र छोरालाई औपचारिक, अनौपचारिक  रूपमा सिकाएका भनिएका विषय वा प्रसङ्गहरू नै हुन्। सतही रूपमा बुझ्दा वा सोच्दा यो विषय एकदमै सामान्य लाग्न सक्छ। तर त्यसले भविष्यमा पु-याउने मनोवैज्ञानिक असर भने निकै डरलाग्दो हुन्छ।

स्कूलका पाठ्यक्रम, स्कूलमा शिक्षकले बोल्ने र गर्ने व्यवहार, छरछिमेक, नातागोता, आफन्त, खेल्ने साथीसंगीले गर्ने व्यवहारले नजानिदो रूपमा छोरीहरूको विद्रोही चेतलाई मलजल गरिरहेको छ। उनीहरूले स्पष्ट रूपमा बुझ्न सक्नेछन्– म छोरी भएकाले समाजले मलाई फरक व्यवहार गर्न खोज्छ। यति बुझेपछि त्यो फरक व्यवहार सहन उनीहरू तयार छैनन्।

हाम्रो समाजमा केटीको मनोबल गिराउने अनेकन प्रसङ्ग हुन्छन्। ती प्रसङ्ग कोही सांस्कृतिक छन्। कोही सामाजिक छन्। समाजले त्यस्ता विषयलाई मान्यता दिएको छ। सामान्यीकरण गरेको छ। वैधानिक रूपमै एउटी सक्षम बालिकालाई कमजोर महिला बनाउन समाजमा अनेकन अभ्यास हुने गर्छन्। ती अभ्यास घरमा, परिवारमा, समाजमा र शिक्षालयमा पनि कुनै न कुनै रूपमा प्रयोग भइरहेका छन्।
...
यो प्रसङ्गलाई प्रष्ट पार्न एउटा घटना सान्दर्भिक हुन्छ। अझै पनि सेतो एप्रोन लगाएर बसेका केटीमान्छेहरूलाई हामी नर्स नै भन्छौ“। ऊ डाक्टर हो भन्ने कल्पना आम मान्छेले गर्दैनन्। कोशी अञ्चल अस्पतालमा एक जना महिला डाक्टर र अरू दुई जना पुरुष डाक्टर हुनुहुन्थ्यो। पुरुष डाक्टरस“ग बिरामीको चाप थियो। महिला डाक्टर अलिक खाली हुनुहुन्थ्यो। अनि उहा“स“ग जो बिरामी जान्थ्यो, उसले सिस्टर भनेर सम्बोधन गथ्र्यो। ती महिला डाक्टरको भावमा एक किसिमको आक्रोश र लाजले भिजेको देखिन्थ्यो। हरेक बिरामीलाई ‘म डाक्टर हो, नर्स नभन’ भन्न सक्ने अवस्था पनि थिएन। तर त्यसो भनेको अनुहारको भावले स्वीकारेको पनि थिएन। स“गैका सहकर्मी साथीको अगाडि अरूले गर्ने सम्बोधनस“ग पनि संघर्ष गरिरहेकी थिइन्। उनी स“गैका पुरुष सहकर्मीहरूले उनको संघर्षको त्यो व्यथा कति बुझ्न सक्छन् ? समाजले कत्तिको आ“कलन गर्छ ? पढ्दा संघर्ष, जागिर खान संघर्ष अनि सही सम्बोधनका लागि पनि गर्नु पर्ने अव्यक्त संघर्षको चह¥याउने पीडा जिन्दगीभरि कुनै न कुनै रूपमा जीवितै रहन्छ।

चिकित्सक पेशास“ग नजिक रहेका एक जना साथीले भन्थे, स“गैका पुरुष साथीलाई डाक्टर भन्ने गर्छन्। महिला डाक्टरलाई चाहि“ सिस्टर भन्ने गर्छन्। मलाई सिस्टर नभन। म डाक्टर हो भन्न पनि महिला डाक्टरहरूलाई अप्ठ्यारो। अर्कातिर सिस्टरहरूलाई अपमान गरेजस्तो सुनिने। तर डाक्टरलाई सिस्टरभन्दा पनि साथीका अगाडि आफूलाई हेपेको अनुभूति हुने गर्छ। महिला पनि डाक्टर हुन्छन् भन्ने आम मानसिकता हामीले बच्चाबाटै चु“डेका हुन्छौ“। डाक्टर हुनु भनेको समाजको उच्च वर्गको मानिन्छ। त्यो उच्च वर्गमा महिला हुन्छन् भनेर हामी हत्तपत्त कल्पना गर्दैनौ“। किनकि खेल खेलाउ“दै पनि केटीले डाक्टर बन्छु भन्दा नर्स बन भन्ने हाम्रा गुरु, गुरुआमा र यो समाज जिम्मेवार छ। छोरीलाई उच्च वर्गको बन्न हामी खेल खेल्दा पनि दि“दैनौ“। त्यसको कल्पना गर्न पनि दि“दैनौ“।

छोरीहरूलाई मनोवैज्ञानिक रूपमै समाजले गर्व गर्न मान्यता दिएको बाटो मोडिदिन्छ। अनि हामी भन्छौ“– छोरीमान्छेहरू अगाडि आउन आफै“ तत्पर हुनुपर्छ। उनीहरू नै तयार छैनन् भन्ने पनि बाक्लै सुनिन्छ। तर हामी सोच्दैनौ“ कि कस्तो संस्कार दिएका थियौ“ बाल्यकालमा। कस्तो मनोविज्ञान भरिदिएका थियौ“ बाल्यकालमा। अनि त्यसको रत्तिभर आ“कलन नगरी भन्छौ“– छोरीहरू आफै“ तयार हु“दैनन्। आखिर बोली फुट्दादेखि नै उनीहरूले पाएको सामाजिक वातावरण, पारिवारिक वातावरण, शैक्षिक वातावरणले पारेको असरले नै उनीहरूको भविष्य निर्धारण गर्छ।

अझै गहिरो गरी खोतल्दै जा“दा एउटै समाजमा, एउटै घरमा, एउटै परिवारमा, एकै भा“डाको भात खाने छोरा र छोरीले सोच्ने विषय अलग बनाइदिन्छौ“। सामाजिक, सांस्कृतिक मान्यताअनुसार चल्दा कतिपय बुबा–आमाले नजानिकनै छोराले सोच्ने र छोरीले सोच्ने विषय र तरिका अलग गरिदिएका हुन्छौ“।

भनिन्छ– बच्चालाई के सोच्ने भन्दा पनि कसरी सोच्ने भन्ने कुराको विकास गरिनुपर्छ। नजानि“दो ढंगले बच्चादेखि नै छोरीहरूले सोच्ने विषय र तरिका फरकफरक तयार पारिन्छ। तिनै सोचाइ र विषयले उनीहरू भविष्यमा हि“ड्ने बाटो निर्धारण गरिरहेको हुन्छ। उनीहरू जुन बाटो, जुन सोच, जुन धारणाबाट निर्देशित हुन्छन्, ती विषयहरूलाई समाजले गर्वको विषयका रूपमा मान्यता नै दि“दैन। मान्यता नदिने मात्र होइन कि सम्मानको भावले समेत हेर्दैन। आ“ट र दक्षताको मनोविज्ञानलाई फल्ने, फुल्ने वातावरण पनि दि“दैन।
...
एउटा निजी स्कूलमा कविता प्रतियोगिता भएको थियो। त्यहा“ झण्डै ४० जना विद्यार्थीले कविता प्रतियोगितामा भाग लिएका थिए। आधाभन्दा बढी छात्रा थिए। अरू छात्र थिए। अधिकांशजस्तो छात्राहरूले छोरी भएकोमा गर्व भएको। छोरी भएकोमा दुःख पाएको। क्रान्तिकारी चेतले भरिएका। संघर्ष र विद्रोही भावका कविता वाचन गरे। अधिकांश छात्रहरूले भने मायाप्रेमका, ह“साउने भावका, देशभक्तिका र  गरिबीका कविताहरू वाचन गरे।

ती छात्रछात्रा एउटै स्कूल पढ्छन्। उस्तै शिक्षा पाएका छन्। उनीहरू सबै बुबाआमाले खटाएर जन्माएको पुस्ताका हुन्। तथापि आठ, नौ र दशका ती छात्रा र छात्रका बीचमा यस्तो मनोविज्ञानको विकास कसरी भयो ? किन छात्राहरूले विद्रोही चेतका कविता लेखिरहेका छन् ? एउटै शिक्षा लिएर पनि छात्रा र छात्रबीचमा यो फरक मनोविज्ञान कसरी तयार भयो ? हामीले हाम्रा छोराछोरीलाई दिने शिक्षा कहा“निर चुकेको छ  ? पाठ्यक्रम तयार गर्ने निकाय। स्कूल प्रशासन। हाम्रो परिवार। हाम्रो समाज। यसबारेमा अनभिज्ञ छन्। या बेवास्ता गरिरहेको छन् ?

मेरो एउटी साथी बिहानभरि क्याम्पसमा पढाउ“छिन्। स्कूल जाने बेलामा छोरीको कपाल कोरिदिने मान्छे छैनन्। “छोटो पारेर कपाल काटिदिनू नि” भन्दा उनी भन्छिन्– “स्कूलले रिवन लगाउन अनिवार्य बनाउ“छ। अरू रिवन लगाएर आउ“छन्। अरूभन्दा फरक हुन्छु भनेर होला सायद ऊ कपाल काट्न मान्दिन“।” यो रिवन लगाउने झन्झट। चटारो उनीहरूलाई स्कूलले जानीनजानी थोपरेको हुन्छ। त्यही स्कूलमा, उही कक्षामा पढ्ने केटा छोटो कपाल पारेर फुक्काफाल भएर हि“ड्न पाउ“छ। तर, ती साना छोरीहरूलाई भने त्यस्तो अल्झन लगाइन्छ। उनीहरूलाई यो अल्झन हो भन्ने पनि थाहै नपाई अनेकौ“ अल्झनमा पर्दै जान्छन्। अभिभावकले कपाल काट् भन्यो भने पनि मान्दैनन। कारण स्कूलको प्रणालीले केटा र केटीलाई उनीहरूको कपाल, कपडाको नमुना स्पष्ट रूपमा तोकिदिएको छ। जस्तो कि केटीले लामो कपाल पारेर रिवन लगाउने। केटाले छोटोभन्दा छोटो कपाल पार्ने। कपाल लामो पारेर रिवन लगाउने झन्झट व्यहोर्दा उसको दिमाग, सोचाइ रिवनमा पनि खर्च हुन्छ। तर, त्यही“ पढ्ने छात्रले कपाल र रिवनका लागि दिमाग खर्च गरिरहनु पर्दैन।

खासमा सह–शिक्षा र केटाकेटीलाई एउटै मानसिकताबाट अगाडि बढाउनका लागि त कमसेकम पोशाकमा समानता ल्याउन सकिन्थ्यो नि। तर त्यसो गरि“दैन। त्यसको उल्टो बरू सकेसम्म स्पष्ट रूपमा छोरी र छोराको कित्ता छुट्याउ“दै लगिन्छ।

आजभोलि छोराछोरी बराबर भनिन्छ। शिक्षामा बराबर पहु“च पु¥याउने कोसिस पनि गरिन्छ। तर उनीहरूले शिक्षालाई ग्रहण गर्ने तरिका फरक छ। पढ्न, लेख्न पाएका छोरीहरूभित्र विद्रोह दिनानुदिनु दन्किरहेको छ। हिजोका दिनमा छोरीहरूले भनेजति लेखपढ गर्न पाएका थिएनन्। लेखपढ गर्न पाउनेले पनि भने जति बोल्न पाउ“दैनथे। अब आउ“दै गरेको छोरी पुस्ता जसले लेखपढको सुविधा पाए। जसले बोल्ने मौका पाउ“छन्। तिनीहरू विद्रोही बनेर निस्कने सम्भावना धेरै छ।

स्कूलका पाठ्यक्रम, स्कूलमा शिक्षकले बोल्ने र गर्ने व्यवहार, छरछिमेक, नातागोता, आफन्त, खेल्ने साथीसंगीले गर्ने व्यवहारले नजानिदो रूपमा छोरीहरूको विद्रोही चेतलाई मलजल गरिरहेको छ। उनीहरूले स्पष्ट रूपमा बुझ्न सक्नेछन्– म छोरी भएकाले समाजले मलाई फरक व्यवहार गर्न खोज्छ। यति बुझेपछि त्यो फरक व्यवहार सहन उनीहरू तयार छैनन्।

लाउने, खाने, हि“ड्ने, बोल्ने, खेल्नेजस्ता ससाना र याद नगरिएका क्रियाकलापस“ग जोडिएर आउने विभेदलाई छोरीहरूले महसुस गर्न थालेका छन्। पहिला–पहिला त्यो मसुस गर्ने अवसर नै थिएन। महसुस गरे पनि प्रतिकार गर्ने क्षमता विकास हुन दिइएको थिएन। प्रतिकार नै गरे पनि त्यो आवाज अल्पमतमा पथ्र्यो। अब छोरीहरूले पाइलापाइलामा विभेदको महसुस गर्न सक्छन्। महसुस मात्रै गर्दैनन्, विभेदको प्रतिकार पनि गर्छन्।

अवस्था यस्तो आयो कि प्रतिकारको आवाज अल्पमतमा पर्ने अवस्था पनि रहेन। दिनको घामजस्तै छर्लङ्ग हु“दै गएको यो यथार्थलाई परिवारले, समाजले, राज्यले बेलैमा बुझ्न सक्नुपर्छ। बराबरी र समानताको कुरालाई व्यवहारमै उतार्नका लागि सोहीअनुसारको व्यवहारिक र मनोवैज्ञानिक शिक्षा र सचेतना जरूरी हुन्छ। त्यस्तो शिक्षा र सचेतना बालबालिकालाई मात्र होइन कि समाजका हरेक अवयवहरूलाई उत्तिकै महत्वका साथ दिइनु आवश्यक छ। तब मात्र हामीले खोजेको बराबरी र समानतामा आधारित आदर्श समाजको परिकल्पना साकार हुनेछ।

प्रकाशित: २८ वैशाख २०७६ ०३:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App