७ वैशाख २०८१ शुक्रबार
समाज

एक्साभेटरमा आगजनी

रौतहट – रौतहटको गुजरा नगरपालिकाको खतबैया टोलमा अपरिचित समूहले सडक निर्माणमा खटिएको एक्साभेटरमा आगजनी गरेका छन्। सहरी विकास मन्त्रालयअन्तर्गत सहरी पूर्वाधार निर्माणका लागि रमणर सगरमाथा र सगुन जेभी कन्ट्रक्सन खतवैयामा सडक निर्माण गर्न ठेक्का पाएका थिए।

बिहीबार गुजरा नगरपालिका स्थित खतवैया टोलमा निर्माण कम्पनीले गाँउको सडक बनाउने क्रममा दुई पक्षबीच बादविवाद भएर सडक निर्माण कार्य रोकिएको थियो। सडकको काम रोकिएपछि निर्माण कम्पनीले रोकेर राखिएको अवस्थामा एक्जाभेटरमा अपरिचित समूहले आगो लगाएर पूर्ण रुपमा क्षतिग्रस्त बनाएको छ।

बाटो निर्माणका लागि सगुन कन्सन्ट्रक्सनले प्रयोग गरेको एक्साभेटरमा आगजनी गर्दा एक्साभेटर क्षतिग्रस्त भएको रौतहट प्रहरीका डिएसपी नवीन कार्कीले बताए। आगजनी गर्ने व्यक्तिको खोजी भइरहेको उनले बताए। बाटो निर्माणका क्रममा स्थानीयसँग विवाद भएकामा एक्साभेटरमा आगजनी हुनु घटना शंकास्पद रहेको उनले जानकारी दिए। घटना सन्दर्भमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उनले भने।

प्रकाशित: २८ वैशाख २०७६ ०२:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App