८ वैशाख २०८१ शनिबार
समाज

आगलागी पीडितलाई राहत

खोटाङ – खोटाङको ऐंसेलुखर्क गाउँपालिकाले आगलागी पीडितलाई राहत प्रदान गरेको छ। वैशाख २४ गते राती भएको आगलागीमा सर्वस्व गुमाएका ऐंसेलुखर्क गाउँपालिका–३ ऐंसेलुखर्कका अग्नी पीडित टेकबहादुर विकको परिवारलाई गाउँपालिकाले राहत प्रदान गरेको हो।

सर्वस्व गुमाएर विचल्नीमा परेका परिवारलाई नगद २० हजार, ६० केजी चामल, नुन, तेल, पाल, कम्बल, भाँडाकुँडालगायतका बन्दोबस्तीमा सामान प्रदान गरिएको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए। आगलागीमा घर गुमाएका विक हाल परिवारसहित आफन्तको आश्रयमा बसिरहेका छन्। सहज जीवनयापनमा सहयोग पु-याउन अग्नी पीडितलाई राहत प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।

प्रकाशित: २८ वैशाख २०७६ ०१:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App