७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

प्रवासी सवार डुंगा भूमध्य सागरमा दुर्घटना, कम्तिमा ६५ को मृत्यु

काठमाडौं - प्रवासीहरु चढेको एक डुंगा भूमध्य सागरमा दुर्घटना हुँदा कम्तिमा ६५ जनाको मृत्यु भएको छ। लीबियाबाट युरोप पुग्ने क्रममा आप्रवासी चढेको डुंगा भूमध्यसागरमा दुर्घटना भएको हो। बीबीसीका अनुसार १६ जनाको सकुसल उद्दार गरिएको छ।

जीवित व्यक्तिहरुका अनुसार यो डुंगा बिहीबार लिबियाबाट छुटेको थियो र समुद्रमा उठेका ठूला छालका कारण दुर्घटना भयो। जीवित व्यक्तिहरूले माछा मार्ने डुङ्गा प्रयोग गरी उनीहरुको उद्दार गरिएको हो। यस वर्ष १७ हजार प्रवासी र शरणार्थि समुद्री माध्यमबाट युरोप प्रवेश गरेका थिए। गत वर्ष पनि ४ सय ४३ बढी आप्रवासीको मृत्यु भएको थियो।

युएनएचसीआरको तथ्यांकअनुसार यसै वर्षको हालसम्म लिबियाबाट युरोपको बाटोमा पर्ने स्थानहरुमा डुंगा दुर्घटना हुँदा १६४ जनाको ज्यान गइसकेको छ। यो पछिल्लो दुर्घटना सबैभन्दा धेरै मानवीय क्षति भएको घटना हो।

प्रकाशित: २८ वैशाख २०७६ ०१:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App