coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

युरोपमा इंग्लिस क्लबको वर्चस्व

लन्डन – इंग्लिस क्लब लिभरपुल र टोटेनहमले च्याम्पियन्स लिगमा फाइनल बनाएसँगै अर्का इंग्लिस क्लब चेल्सी र आर्सनलले उपाधि भिडन्त गर्ने तय भएपछि यस सिजन प्रिमियर लिगका क्लबले युरोपमा वर्चस्व कायम गरेका छन्।

पहिलो पटक युरोपियन फुटबलको दुई ठुला प्रतियोगितामा एउटै राष्ट्रका क्लब हाबी हुँदा प्रिमियर लिगका चार क्लबले उपाधि भिडन्त गर्नेछन्। यसअघि टोटेनहमले डच क्लब अयाक्स र लिभरपुलले स्पेनिस जायन्ट बार्सिलोनालाई स्तब्ध बनाउँदै च्याम्पियन्स फाइनलमा आफ्नै देशका प्रतिद्वन्द्वीबीच भिडन्त पक्का गरेका थिए। त्यससँगै युरोपा लिगको सेमिफाइनलमा पनि चेल्सीले जर्मन क्लब आयनट्राक्ट र आर्सनलले स्पेनिस क्लब भ्यालेन्सियालाई स्तब्ध बनाएपछि यस सिजनको युरोपियन फुटबलको उपाधिमा इंग्लिस क्लबको वर्चस्व कायम भयो।

युरोपियन युनियन(इयु)बाट बाहिरिनुपर्ने विषयमा इंग्ल्यान्डभित्र बहस चलिरहँदा देशका क्लबले भने त्यसभित्र आफ्नो अस्तित्व बलियो रहेको स्थापित गराएका छन्। बहुमत जनताले इयुबाट बाहिरिनुपर्ने निर्णय दिइसकेको अवस्थामा इंग्ल्यान्डलाई यसै वर्षको अक्टोबर ३१ सम्म समयावधी तोकिएको छ। यसअघि सन् १९७२ को युइएफए कप र सन् २००८ को च्याम्पियन्स लिगमा इंग्ल्यान्डका दुई इंग्लिस क्लबले फाइनलको यात्रा तय गरेका थिए।

तर, यसपटक भने युरोपका दुई ठुला प्रतियोगिताको फाइनलमा इंग्ल्यान्डका चार टोली पुग्न सफल भए। चार दिनको फरकमा हुने फाइनलअन्तर्गत युरोपामा आर्सनलले २९ मेमा २८ सय माइल्स टाढा अजरबैजानको राजधानी बाकुमा चेल्सीसँग र लिभरपुलले जुन १ मा स्पेनको मड्रिडमा टोटेनहमविरुद्ध चुनौती प्रस्तुत गर्नेछन्। क्लबका लागि हार या जित जे भए पनि उपाधि भने इंग्ल्यान्डमै भित्रनेछन्।

उपाधि होडमा इंग्लिस क्लबको समीकरण पक्का भएपश्चात इंग्लिस पत्रिकाले ‘पूर्णतया इंग्लिस’ हेडलाइन बनाउँदा स्पेनिसले मिडियाले भने फुटबलमा ब्रिक्जिटको अनविज्ञता भनेर विश्लेषण गरेका छन्। प्रिमियर लिगलाई यस सिजन युरोपको उत्कृष्ट च्याम्पियनसिप साबित गर्न चेल्सीले पेनाल्टी सुटआउटमा आयनट्राक्टलाई स्तब्ध बनाउँदा पिएरे इमेरिक औबामेयाङको ह्याट्रिकप्रेरित आर्सनलले भ्यालेन्सियालाई समग्रमा ७–३ ले स्तब्ध बनायो। दोस्रो लेगमा आर्सनलले भ्यालेन्सियालाई ४–२ ले पराजित गरेको थियो।

भ्यालेन्सियाको हारसँगै यस सिजन लामो समयदेखि स्पेनिस क्लबको उपाधिमा वर्चस्व तोडिएको छ। यसअघि च्याम्पियन्स लिग र युरोपा लिग गरेर पछिल्ला १० मध्ये ९ उपाधि स्पेनिस क्लबले जित्दै आएका थिए। बार्सिलोना, युभेन्टस र बायर्न म्युनिखले पछिल्ला वर्ष घरेलु लिगमा दबदबा बनाउँदा इंग्लिस प्रिमियर लिगको उपाधि जित्ने टोली भने दोहोरिएका छैनन्। इंग्ल्यान्डमा सबै क्लबले उस्तै किसिमको चुनौती दिन सक्छन्।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको दोस्रो लेगमा चेल्सीले एक गोलको अग्रता जोगाउन सकेन। यद्यपि, पेनाल्टी सुटआउटमार्पmत भने नजिता आफ्नो बनायो। खेलको २८औं मिनेटमा लोफ्टस चेकले गोल गर्दै चेल्सीलाई १–० ले अग्रता दिलाएका थिए। तर, ४९औं मिनेटमा लुका जोभिकले गोल गर्दै आयनट्राक्टलाई बराबरीमा पु-याए।

त्यसपछि दुवै टोलीबाट गोल नभएपछि खेल टाइब्रेकरमा गयो। चेल्सीका लागि इडेन हाजार्डले विजयी गोल गर्न सफल भए। यस सिजनपछि हाजार्ड रियल मड्रिड जाने चर्चा भइरहेका बेला फेरि पनि चेल्सीको जितमा उनी नै नायक बने। आर्सनलले पनि भ्यालेन्सियालाई समग्रमा ७–३ गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो।

पहिलो लेगमा ३–१ को जित निकालेको आर्सनलले दोस्रो लेगमा बिहीबार ४–२ को सफलता निकाल्यो। दोस्रो लेगमा भ्यालेन्सियाविरुद्ध जित निकाल्न औबामेयाङले ह्याट्रिक गरे। खेलको ११औं मिनेटमा गमेइरोकोे गोलमा भ्यालेन्सियाले अग्रता बनायो। तर, भ्यालेन्सियाले अग्रता जोगाउन सकेन। १७औं मिनेटमा आर्सनलका लागि औबामेयाङले गोल गर्दै खेल बराबरीमा पु-याए।

त्यसपछि ५०औं मिनेटमा एलेक्सजेन्डर लाकाजेटीले आर्सनलका लागि गोल गर्दै २–१ को अवस्थामा पु¥याए। त्यसको आठ मिनेटमा फेरि गमेइरोले भ्यालेन्सियालाई बराबरीमा फर्काए। तर, ६९औं र ८८औं मिनेटमा औबामेयाङले गोल गर्दै ह्याट्रिक पूरा गर्दा आर्सनलले ४–२ को जित दर्ता ग¥यो। आर्सनलले अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउन र युरोपा लिगको उपाधि उचाल्न चेल्सीको चुनौती पन्छाउनुपर्नेछ। आर्सनल सातौं पटक युरोपा लिगको फाइनलमा पुगेको हो।

पहिलो पटक युरोपियन फुटबलको दुई ठुला प्रतियोगितामा एउटै राष्ट्रका क्लब हाबी हुँदा प्रिमियर लिगका चार क्लबले उपाधि भिडन्त गर्नेछन्। युरोपियन युनियन(इयु)बाट बाहिरिनुपर्ने विषयमा इंग्ल्यान्डभित्र बहस चलिरहँदा देशका क्लबले भने फुटबलमा आफ्नो अस्तित्व बलियो भएको साबित गरेका छन्।

प्रकाशित: २८ वैशाख २०७६ ०१:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App