राैतहटबाट तीन भारतीय प्रहरी नियन्त्रण

शुक्रबार, २७ बैशाख २०७६, २० : ४९ मदन ठाकुर

रौतहट – मदिरा पिएर नेपाल प्रहरीलाई हातपात गर्न खोज्ने तीन भारतीय प्रहरीलाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ। 

भारतमा लोक सभा चुनाव भइरहेको र उक्त चुनावमा खटिइ नेपालतर्फको बोर्डरसम्म आएका बिहारी मिलिटिरी फोर्सका शिव एस कम्पनी बटालियन सीतामढीका तीन जना प्रहरीलाई पक्राउ गरी भन्सार प्रहरीको जिम्मा लगाइएको छ।

उनीहरु चुनावमा थप मद्दतका लागि भारतको बैरगनियाँ आएका थिए। हवल्दार पृथ्वी पुनको नेतृत्वमा सिपाही खड्गबहादुर भण्डारी र सुमन आले नेपाल छिरेका हुन्। 

नेपाल छिरेका उनीहरुले एक पसलमा रक्सी खाएर आपसमा झगडा गरेका र गौर भन्सारमा रहेका सुरक्षा गार्ड सम्झाउन पुग्दा उनीहरुले त्यहाँका नेपाल प्रहरीमाथि हातपात गर्न खोजेका थिए।

लगत्तै नजिकै रहेको नेपाल सशस्त्र बेसक्याम्पका सई शिवहरि थापाको टोलीले तिनीहरुलाई नियन्त्रणमा लिएको हो। भन्सार प्रहरीको जिम्मा लगाइएका उनीहरुमाथि थप अनुसन्धान हुने प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad