सबैको अस्तित्व स्वीकार गर्दा मात्रै राष्ट्रिय एकता मजबुत हुन्छ: दाहाल

शुक्रबार, २७ बैशाख २०७६, १९ : ५२ नागरिक

काठमाडाैं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सबैले सबैको अस्तित्व स्वीकार गर्दा मात्रै राष्ट्रिय एकता मजबुत र राष्ट्रिय स्वाधीनता सुदृढ हुने बताएका छन्।

खड्गी समाजद्वारा आज वसन्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकले अर्कालाई सम्मान गर्ने परिपाटीबाट मात्रै मुलुकको राष्ट्रिय एकतालाई दरिलो बनाउन सकिने बताए। उनले भने ‘एउटा जाति, एउटा भाषाले अरू जाति र भाषालाई अपमान गर्ने, विभेद तथा अन्याय गर्ने थितिको अन्त्य गरेर मात्र राष्ट्रिय एकता मजबुत हुन्छ।'

अध्यक्ष दाहालले सबैले आ–आफ्नो भाषाको, संस्कृति र परम्पराको जगेर्ना गर्ने तथा त्यसका राम्रा पक्षलाई अघि बढाउँदा सबै समुदायको उत्थान हुने बताए। सबै जात, जाति, भाषा, भाषीको पहिचानलाई माथि उठाउन विगतमा भएका आन्दोलनले ऐतिहासिक भूमिका खेलेको स्मरण गर्दै उनले खड्गी सेवा समितिले आफ्नो संस्कृतिलाई सम्बद्र्धन गर्दै अघि बढ्दा यस समुदायको पहिचान राष्ट्रिय रुपमा स्थापित भएको बताए।

मुलुकको सबै उत्पिडित वर्ग तथा समुदायको पहिचान र अधिकार स्थापित गराउन आफूले निकै ठूलो सङ्घर्ष गरेको उल्लेख गर्दै उनले खड्गी समुदायको कला, संस्कृतिलाई जगेर्ना गर्न आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। अध्यक्ष दाहालले भने 'तपाईँहरुको सम्मान, पहिचान र अधिकार स्थापित गर्ने लडाईँमा आफू सधैँ तपाईंँहरुसँगै रहने छु।' रासस








यसमा तपाईको मत

अन्य समाचार

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

काम नपाएपछि टर्कीबाट फर्केका व्यक्तिले ९७ लाख ९० हजार नौ सय ५७ रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् । ...

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

नेपालको समकालीन नेपाली कलालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यसहित सन् २०१० मा स्थापना भएको इ–आर्टस् नेपालले स्थानीय कलाकार र कलामार्फत...

स्टक क्लियरेन्स मेलामा घुइँचो

स्टक क्लियरेन्स मेलामा घुइँचो

राजधानीको भृकुटीण्डपमा जारी स्टक क्लियरेन्स मेला शनिबार ३१ हजारले अवलोकन गरेका छन् । ...

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

नेपाल धागो उत्पादक संघले नेपालमा दोस्रोपटक स्वदेशी लगाऔं, स्वदेशी बनौं नाराका साथ टेक्सटाइल एक्स्पो २०१९ राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको छ...

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका दिन प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा...

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकले संविधान दिवसको अवसरमा वृक्षरोपण गरेको जनाएको छ । ...

कामना सेवाको सरसफाइ अभियान

कामना सेवाको सरसफाइ अभियान

कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा बैंकका देशभर रहेका शाखा कार्यालयमार्पmत सरसफाइ अभियान चलाएको जनाएको छ । ...

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

Ncell Footer Ad