भ्रष्टाचारको आरोपमा प्रधानाध्यापक र अध्यक्षविरुद्ध मुद्दा दायर

शुक्रबार, २७ बैशाख २०७६, १९ : ३४ नागरिक

दाङ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको राजपुर र सतबरियालगायत विभिन्न सामुदायिक वन उपभोक्ता समितिबाट प्राप्त भएको काठ हिनामिना गरेको आरोपमा साधारण उच्च माविका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

विद्यालयलाई प्राप्त भएको काठ विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर चौधरी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोगेन्द्रसिंह राजपूतले बिक्री वितरण गरी हिनामिना गरेको आयोगको अनुसन्धानबाट खुलेको छ। सामुदायिक वन उपभोक्ता समितिबाट प्राप्त एक हजार ७९२ क्युफिट सालको काठ, असना र विद्यालय परिसरमा रहेका आँप र सिमलका रुख बिक्री गरेको पाइएको छ।

विद्यालयका प्रअ र व्यवस्थापन समितिका अध्यक्षले रु ११ लाख ४५ हजार बराबरको भ्रष्टाचार गरेको आरोपमा बिगो असुल गरी हदैसम्मको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए। यस्तै आयोगले आजै जिल्ला स्वास्थ्य कार्यालय रोल्पाअन्तर्गत विभिन्न स्वास्थ्य संस्थामा कार्यरत विमला विष्टलगायतको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएकाले विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ। रासस






यसमा तपाईको मत

अन्य समाचार

बर्दियाको गुलरियामा ग्लोबल आइएमई बैंक

बर्दियाको गुलरियामा ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले बर्दियाको गुलरीया नगरपालिका वडा नम्बर ६, जिविस रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । ...

सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंकले टिच फर नेपाललाई पाँच लाख रूपैयाँ सहयोग गरेको जनाएको छ । ...

एनआइसी एसियाको दोस्रो त्रैमासिक वित्तीय नतिजा उत्साहजनक

एनआइसी एसियाको दोस्रो त्रैमासिक वित्तीय नतिजा उत्साहजनक

एनआइसी एसिया बैंकले चालु आर्थिक वर्ष ०७६/७७ को दोस्रो त्रैमाससम्ममा दुई अर्ब ९० करोड सञ्चालन मुनाफा आर्जन गरेको छ ।

हिमालयन बैंक र म्याक्स मनीबीच सम्झौता

हिमालयन बैंक र म्याक्स मनीबीच सम्झौता

हिमालयन बैंक र मलेसियन कम्पनी म्याक्स मनी एसडिएन बिएचडीबीच विगतमा भएको विप्रेषणको भुक्तानी रकम राफसाफ गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ...

एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’

एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’

यस योजना अन्तर्गत भ्रमणमा आएका विदेशी पाहुनाले सजिलै टुरिष्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल नेटवर्क टक टाईम...

ह्यून्डाई कोना ईलेक्ट्रीकलाई गिनिज वल्र्ड रेकर्डस उपाधि

ह्यून्डाई कोना ईलेक्ट्रीकलाई गिनिज वल्र्ड रेकर्डस उपाधि

ईलेक्ट्रीक SUV कोनाले गिनिज वल्र्ड रेकर्डसको प्रतिष्ठित उपाधि जित्न सफल भएको छ । ...

सिटी एक्सप्रेसको गण्डकी प्रदेश एजेन्ट् मीट् कार्यक्रम

सिटी एक्सप्रेसको गण्डकी प्रदेश एजेन्ट् मीट् कार्यक्रम

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत शनिबार आफ्नो गण्डकी प्रदेश लक्षित एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम...

नेपाल बिल्ड एक्स्पोमा महिन्द्राको लोडर सार्वजनिक

नेपाल बिल्ड एक्स्पोमा महिन्द्राको लोडर सार्वजनिक

नेपालको औधोगिक तथा ब्यबसायिक घराना माझ लोकप्रीय तथा देशको आर्थिक विकासमा सर्मपित एम. भी. दुगड़ ग्रुप नेपालको सफल ब्यबसायी दुगड...

Ncell Footer Ad