७ वैशाख २०८१ शुक्रबार
समाज

सडक निर्माणमा विवाद भएपछि एक्साभेटरमा आगजनी

रौतहट - गुजरा नगरपालिकाको खतबैया टोलमा अपरिचित समूहले सडक बनाउने एक निर्माण कम्पनीको एक्साभेटरमा आगजनी गरेका छन्।

एक्साभेटर सहरी विकास मन्त्रालयअन्तर्गत सहरी पूर्वाधार निर्माणको लागि रमणर सगरमाथा र सगुन जेभी कन्ट्रक्सनको थियो।

बिहीवार खतवैया टोलमा निर्माण क्रममा दुई पक्षबीच विवाद हुँदा सडक निर्माण कार्य रोकिएको थियो। सडकको काम रोकिएका बेला एक्साभेटमा आगो लगाएको प्रत्यक्षदर्शीले बताएका छन्। उक्त एक्साभेट पूर्ण रुपमा जलेको छ।

आगजनी गर्नेको खोजी भइरहेको रौतहट जिल्ला प्रहरी कार्यालयका डीएसपी नवीन कार्कीले बताए ।

प्रकाशित: २७ वैशाख २०७६ ०८:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App