८ वैशाख २०८१ शनिबार
खेल

शरद ड्याटसनसँग अनुबन्धित

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा खेलाडी शरद भेषावकर नेपालका लागि ड्याटसन कारको आधिकारिक विक्रेता पायोनियर मोटो कर्पसँग आइतबार ब्रान्ड एम्बेसडरको रुपमा अनुबन्धित भएका छन्।

शरदले ड्याटसनसँगको सम्झौताले नेपाली क्रिकेटरलाई प्रोत्साहित गर्ने बताए।

'पहिलो पल्ट कारको ब्रान्ड एम्बेसडर रुपमा सम्झौता गर्दा खुसी छु। यस्तो सम्झौताले खेलाडीको आत्मविश्वास बढाउँछ,' शरदले भने, 'नेपाली क्रिकेटको लागि खुसीको कुरो हो। क्रिकेटको विकासको लागी व्यावसायिक कम्पनीको भुमिका महत्वपूर्ण हुन्छ। क्रिकेट खेल्ने जोसुकैलाई यस्तो सम्झौताले उत्साही बनाउँछ। यसले नयाँ खेलाडीलाई प्रोत्साहन दिन्छ।' शरदले अहिले कम्पनीसँग एक वर्षको सम्झौता भएको बताए।  मध्यक्रमका दायाँ हाते ब्याटसम्यान एवं दायाँ हाते अफ ब्रेक वलर शरदले सन् २००४ मा युएईविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट 'डेब्यु' गरेका थिए। उनले सन् २०१० को आइसिसी विश्व क्रिकेट लिग डिभिजन–५ मा फिजीविरुद्ध अविजित १ सय ५ रन बनाएका थिए। उनले २०१४ को ट्वान्टी–२० विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध ४० रन र अफगानिस्तानविरुद्ध ३७ रन प्रहार गरेका थिए।

प्रकाशित: १३ असार २०७३ ०३:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App