७ वैशाख २०८१ शुक्रबार
अन्य

भक्तपुरमा पाइलैपिच्छे पाटी

भक्तपुरको प्रख्यात नागपोखरी छेउमा छन्, दुई पाटी। त्यहाँबाट पाँच मिनेटको पैदल दूरीमा पुगिने महालक्ष्मी मन्दिरसम्म ८ पाटी छन्। त्यति मात्रै होइन, भक्तपुरको हरेक वडामा कम्तीमा दुई दर्जन पाटी छन्।

भक्तपुर नगरपालिकामा स–साना पार्टी त पाइलैपिच्छे छन्। भक्तपुर नगरपालिका– १० मा मात्रै ४६ पाटी छन्। वडा अध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखा वडामा रहेका पाटीको संरक्षण गरिरहेको बताउँछन्।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आफूले पदभार सम्मालेदेखि नगरपालिका क्षेत्रका ३४ पाटीको पुनर्निर्माण तथा जीर्णाेद्धार भएको जानकारी दिए। उनका अनुसार थप ६ पाटीको पुनर्निर्माण भइरहेको छ। ‘अझै धेरै पाटीको मर्मतसम्भार हुन बाँकी छ,’ उनले भने।

उनका अनुसार अधिकांश पाटी उपभोक्ता समितिमार्फत नै बनाइएका छन्।

भक्तपुर नगरपालिकामा करिव ३ सय ५० को हाराहारीमा पाटी रहेको उनको अनुमान छ। तर, पाटीको यकिन तथ्यांक नभएको उनी बताउँछन्।

संस्कृतिविद् ओम धौभडेल पाटी निर्माणको इतिहासबारे थाहा नभएको बताउँछन्। उनका अनुसार आराम गर्न, भजन गाउन र घामपानीबाट बच्न पाटी बनाइएको हो।

जात्रालुलाई जात्रा हेर्न सहज होस् भनी पाटी बनाइएको उनी बताउँछन्। ‘त्यसैकारण पाटी दोबाटो तथा चौबाटोमा बनाइएका हुन्,’ उनले भने।

धेरै मानिस आउने ठाउँमा नै पाटी बनाइएको उनले बताए। उनका अनुसार यी पाटीपौवा वातावरण अनुकूलित छन्। भक्तपुरको कमलविनायकस्थित मानव कल्याण समाज (सेवा घर)की अध्यक्ष सुनिता चौलागाई यहाँका पाटी रहेकाले अलपत्र तथा असहायका लागि ओत लाग्ने ठाउँ रहेको बताउँछिन्।

भक्तपुरमा दुई प्रकारका पाटीपौवा छन्। एक तले र दुई तले। दुई तलेमा तल पाटी हुन्छ भने माथिल्लो तलामा बस्न मिल्ने बनाइएको हुन्छ, जस्तैः दरवार स्क्वायरको लामो पाटी, जुन अहिले पुनर्निर्माण भइरहेको छ।

भक्तपुर नगरपालिकाले बाचुहिटी, देगइना, नासु द्यो, क्वाछेँ गणेश, दाफा र गोल्मढी ध्वाकासी पाटीको मर्मत गरेको छ।

प्रकाशित: २७ वैशाख २०७६ ०८:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App