coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

सुरजको ‘मायाले सुटुक्कै’

काठमाडाैँ – गायन रियालिटी शो ‘नेपाल आइडल’मा सहभागिता जनाएर चर्चामा आएका गायक सुरज थापा सिंगल ट्रयाक ‘मलाई बाँध्यो मायाले सुटुक्कै’ लिएर आएका छन्।

‘नेपाल आइडल’को प्रथम संस्करणमा छैठौ भएका सुरजको यो गीतमा सुरजकै शब्द र संगीत छ। गीतको भिडियो पनि सुरज आफैंले निर्माण तथा निर्देशन गरेका हुन्।

प्रेमिल जोडीको भाव समेटेर तयार पारिएको गीतमा निराजन प्रधान, रमा अर्याल र चन्द्रबहादुर थापालगायतको अभिनय छ। स्वरमा सुरजलाई तारा थापा र विवेक थापाले साथ दिएका छन्। गीतको भिडियोको छायांकन गोदावारी र कमलपोखरीस्थित सिटी सेन्टरमा गरिएको छ।
 

प्रकाशित: २७ वैशाख २०७६ ०५:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App