coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

पाथीभरा क्षेत्रको बाटो धमाधम सोलिङ गरिँदै

बर्खायाममा सवारी आवागमनमा समस्या नहोस् भनेर भेटिपाति व्यवस्थापन समितिद्वारा पाथीभरा क्षेत्रको कच्ची बाटोमा ढुंगा सोलिङ गरिँदै। तस्बिरः खगेन्द्र/नागरिक

ताप्लेजुङ– बर्खामा समेत सवारी आवागमनमा समस्या नहोस् भन्ने हेतुले ताप्लेजुङको पाथीभरा मन्दिरतर्फको सवारीमार्ग सोलिङ गर्न थालिएको छ।

भेटिपाति व्यवस्थापन समितिको स्रोत प्रयोग गरेर कच्ची सडक सोलिङ गर्न थालिएको हो। समुदायको प्रतिनिधित्व गर्ने पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समिति र सरकारीतर्फको पाथीभरा क्षेत्र विकास समितिलाई समन्वय गर्न जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन अध्यक्ष रहेको भेटिपाति व्यवस्थापन समिति बनाइएको छ।

पाथीभरा मन्दिरमा संकलित भेटिपातिको व्यवस्थापन र यसको परिचालन दायित्व यसै समितिमा रहन्छ। आसपी सहमतिमा बनेको यो समितिकै स्रोत उपयोग गरेर अहिले सवारी मार्ग सोलिङ गरिँदै आएको छ। संरक्षण तथा संवद्र्धन समितिका कार्यालय सचिव नवीन निरौलाका अनुसार तल्लोफेदी(भालुगौंडे)देखि काफ्लेसम्मको करिब १ किलोमिटरभन्दा बढी क्षेत्र सोलिङ भइसकेको छ। यो क्षेत्रमा पानीको छिटो झर्ने बित्तिकै हिलाम्मे भएर सवारी आवागमन रोकिने गरेको थियो।

यस्तै देउरालीबाट बज्रे रुखसम्मको करिब १ किलोमिटर भागमा समेत सोलिङ गर्ने कार्य सुरु भएको छ। यो कार्य पूरा हुने बित्तिकै छातेढुङ्गादेखि भालुगौंडेसम्मको भागमा समेत सोलिङ गर्ने कार्य पूरा गर्ने गृहकार्य भइरहेको उनले जानकारी दिए। करिब ४ किलोमिटर चौडा सडकलाई सोलिङ गरिँदै आएको छ। भेटिपाति व्यवस्थापन समितिका सदस्यसमेत रहेका पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समिति उपाध्यक्ष नारायण थापाका अनुसार हिलोका कारण सवारी  साधन आवत–जावत गर्न हुने कठिनाइ बर्खा अगावै समाधान गर्ने लक्ष्यका साथ सोलिङ गर्ने कार्य भइरहेको उनले जानकारी दिए।

तिर्थालुले यसपटकको बर्खायाममा यातायात समस्या भोग्नु नपरोस् भनेर भेटिपाति व्यवस्थापन समितिले बनाएको योजना अनुसार काम अघि बढिरहेको बताउँदै थापाले सवारी साधनलाई कुद्न अप्ठेरो परेका विभिन्न स्थानमा समेत बाटो बिराउँदै ढुङ्गा सोलिङ गरिएको जानकारी दिए।
 

प्रकाशित: २७ वैशाख २०७६ ०५:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App