coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

कटारीका अग्निपीडितलाई सहयोग

उदयपुर– झण्डै दुई साताअघि आगलागीमा परी घरसहित धनमालको क्षति बेहोरेका उदयपुर कटारी नगरपालिकाका पीडितलाई नगरपालिकाले नगद राहत प्रदान गरेको छ।

गत चैत १ गते आगलागीबाट क्षति बेहोर्न बाध्य कटारी नगरपालिका–१० बेंसीगाउँका ३ पीडित परिवारलाई नगरपालिकाले ९० हजार रुपैयाँ राहतस्वरुप सहयोग प्रदान गरेको हो। आगलागीमा परी घर गोठ र धनमाल गुमाएका अग्निपीडित शेरबहादुर सुनुवार, धनबहादुर सुनुवार र विचारी सुनुवारलाई नगद सहयोग प्रदान गरिएको हो। घर जलेर क्षति बेहोरेका पीडितलाई नगरपालिकामै बोलाएर मेयर ज्ञानेन्द्र्र श्रेष्ठले राहत रकम वितरण गरेका हुन्।

मेयर श्रेष्ठले पीडितहरु शेरबहादुरलाई ४० हजार, धनबहादुरलाई ३० हजार र विचारीलाई २० हजार नगद राहत प्रदान गरे। राहत वितरण गर्दै मेयर श्रेष्ठले नगरपालिकाको ‘विपद्मा नगर अभियान’अन्तर्गत राहत रकम सहयोग गरेको बताए। आगलागीमा परी धनबहादुर र उनका छोरा शेरबहादुरको १० लाख बराबरको क्षति भएको थियो भने विचारीको ८ लाख ५० हजार बराबरको क्षति भएको प्रहरी प्रतिवेदनले देखाएको छ।

प्रकाशित: २७ वैशाख २०७६ ०४:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App