८ वैशाख २०८१ शनिबार
समाज

राजधानीमा विस्फोट गराउने खतरनाक योजना असफल, हतियार र विस्फोटक पदार्थ बरामद

बरामद विस्फोटक पदार्थ तथा हतियार

काठमाडौं– राजधानीमा आतंककारी घटना गराएर राजनीतिक पार्टीको उदघोष गर्ने एउटा समूहको योजना प्रहरीको सक्रियतामा रोकिएको छ। मंगोल मुलवासी राष्ट्रिय फोर्स पार्टीका मुख्य कार्यकर्ता र हातहतियार बरामद भएपछि पार्टीका नाममा देशभर हुने सम्भावित क्रियाकलाप रोकिएको प्रहरीले दाबी गरेको छ।

महानगरीय आयुक्तको कार्यालय र बिशेष ब्युरोले संयुक्त रुपमा संचालन गरेको अप्रेसनमा पार्टीको कार्यनीति, रणनीति र कार्यक्रम सहितका दस्तावेज फेला परेपछि घटनाको खुलासा भएको हो। प्रहरीले बुधबारदेखि संचालन गरेको अप्रेसनमा काठमाडौं उपत्यका र बाहिरबाट आधा दर्जनभन्दा बढी व्यक्ति, हतियार, गोलबारुद र दस्तावेज बरामद भएको छ। विशेष व्युरोका अधिकारी पूर्वी पहाडी जिल्लामा अप्रेसन सकेर फर्किएका हुन्। प्रहरीले घटनाको अप्रेसन पुरा भएपनि केही काम बाँकी रहेको प्रहरीले जनाएको छ।

महानगरीय आयुक्त एआईजी प्रतापसिंह थापाले हातहतियार र गोलाबारुद सहित केही ब्यक्ति नियन्त्रणमा लिएको जानकारी मात्र आफूसँग रहेको बताए। उनले ब्युरोका अधिकारीले काम भै रहेको बताएकाले सोमबारमात्र घटनाको बिस्तृत जानकारी आउने उल्लेख गरे।

‘ब्युरोले काम गरिरहेको छ, केही ब्यक्ति प्रहरी नियन्त्रणमा छन्, हातहतियार बरामद भएको छ, बाँकी विवरण भोलीसम्म आउँला,’ एआईजी थापाले भने ।

आयुक्त कार्यालयका अनुसार प्रहरीले बुधबार राती भक्तपुर मध्यपुर ठिमी नगरपालिका १६ लोकन्थली सुकुम्बासी टोलबाट एकजना ब्यक्तीलाई हातहतियार र गोलबारुद सहित पक्राउ गरेपछि ब्युरोको टोलीले अनुसन्धान थालेको हो। कार्यालयका अनुसार आफुलाई  मंगोल मुलवासी राष्ट्रिय फोर्स पार्टीको सदस्य बताउने पाँचथर जिल्ला पंचमी गा.वि.स. ३ घर  भएका सचिन्द्र पालुङवा पक्राउ परेपछि प्रहरीले थप खोजीमा सक्रियता बढाएको हो।

प्रहरीले पालुङवाका साथबाट  कटुवा पेस्तोल २ थान, गन्धक ७ लोला, खुकुरी १ थान, चक्कु १ थान, झण्डा २ थान र तार सहित पक्राउ गरेको हो । घटना भक्तपुरको भएकाले ब्युरोले भक्तपुर जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान थालेपनि पक्राउ ब्यक्तीलाई आफ्नै नियन्त्रणमा राखेर सोधपुछ गरिरहेको छ ।

प्रकाशित: ७ कार्तिक २०७३ १४:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App