coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सिद्धार्थ बैंकका शाखा थपिए

काठमाडौं – सिद्घार्थ बैंकले बिहीबार ललितपुरको इमाडोल, गोंगबुको गणेशथान र कैलालीको लम्कीमा शाखा खोलेको छ। इमाडोल शाखाको उद्घाटन महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, गणेशथान शाखाको उद्घाटन टोखा नगरपालिकाका उपमेयर श्रीमती ज्ञानमाया डंगोल र लम्की शाखाको उद्घाटन लम्की चुहा नगरपालिकाका मेयर महादेव बजगार्इंले गरेको बैंकले जनाएको छ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहँच पु-याउने उद्देश्यले यसले देशभर एक सय ५३ शाखा, सय शाखारहित बैंकिङ सेवा, एक सय ६५ एटिएम र १३ सयभन्दा बढी पिओएस मेसिनमार्फत उच्चस्तरीय सेवा दिइरहेको बैंकले जनाएको छ।

 

प्रकाशित: २७ वैशाख २०७६ ०४:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App