coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

गण्डकी स्मार्ट सञ्चालनमा

काठमाडौं – गण्डकी विकास बैंक लिमिटेडले विभिन्न अत्याधुनिक सुविधा सहितको गण्डकी स्मार्ट सेवा सञ्चालनमा ल्याएको छ। स्मार्ट मोबाइलबाट चलाउन सकिने उक्त सेवाभित्र पछिल्लो समयमा प्रयोगमा रहेको मोबाइल बैंकिङका साथै इन्टरनेट बैंकिङ र भुक्तानी प्रणालीका विशेषताहरु समेत समेटिएको बताइएको छ।

जिपिआरएस वाइफाई इन्टरनेट वा एसएमएस वmुनै पनि माध्यमबाट चलाउन सकिने उक्त सेवाबाट बायोमेट्रिक लगइन, प्रयोगकर्ता क्युआर कोड, क्युआर कोड पेमेन्ट, बिजुली र पानीको महसुल भुक्तानी, गण्डकी विकास बैंकभित्र वा अन्य सदस्य बैंकमा रकमान्तरण सुविधा, मोबाइल टपअप, इन्स्योरेन्स प्रिमियम भुक्तानी, इन्टरनेट बिल, एअरलायन्स टिकट खरिद, बैंक शाखा तथा एटिएम रहेका स्थान विवरण, खाताको विवरण डाउनलोड सुविधा लगायत सेवा रहेका छन्।


यो सेवा प्रयोगका लागि गण्डकी विकास बैंकमा खाता भएका ग्राहकले गुगल प्ले स्टोर वा एप्पल एप स्टोरमार्फत गण्डकी स्मार्ट एप डाउनलोड गर्न सक्ने बताइएको छ।

प्रकाशित: २७ वैशाख २०७६ ०३:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App