८ वैशाख २०८१ शनिबार
खेल

पुलिसलाई पाथीभरा भलिबल उपाधि

फोटो ः उपाधिका साथ तेस्रो पाथीभरा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता विजेता पुलिसको टोली अथितिहरूसँग। तस्बिर: खगेन्द्र अधिकारी/नागरिक

ताप्लेजुङ - नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै साबिक विजेता नेपाल प्रहरीको टोलीले तेस्रो राष्ट्रिय पाथीभरा भलिबलको उपाधि जितेको छ। ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ३ साँघुपार्टीमा बिहीबार सम्पन फाइनलमा प्रहरीले आर्मीको टोलीमाथि सानदार जित दर्ता गर्दै तेस्रो पाथीभरा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिसहित नगद ३ लाख ५० हजार ५ सय रुपैयाँ पाएको छ।

उपविजेता आर्मी १ लाख ७६ हजार २ सय ५० रुपैयाँको हकदार भएको छ। यस जितसँगै क्वार्टरफाइनल र सेमिफाइनलमा केही धरमराएर नतिजा पुलिसबाहेक अन्यत्र पर्ने हो कि भन्ने आशंका प्रहरी टिमले दूर ग¥यो। पुलिसले लगातार दोस्रो र तेस्रो संस्करणको राष्ट्रिय पाथीभरा भलिबलको उपाधि जितेको छ। प्रहरीले आर्मीको टोलीलाई २५–१७, २५–१६ र २५–१९ को सोझो सेटमा पराजित ग-यो। क्षेत्रीय स्तरको संरचना हुँदा खेलाइएको पहिलो संस्करणमा भने ओखलढुङ्गा विजेता बनेको थियो।

सहभागी प्रत्येक टोलीलाई नगद ५० हजारका दरले प्रोत्साहन रकम दिइएको छ। प्रहरीका कुलबहादुर थापा खेलको उत्कृष्ट खेलाडी बन्दै नगद १५ हजारसहित सम्मानित भए। उत्कृष्ट सर्भरको उपाधि प्रहरीका विशाल विक भए भने बेस्ट सटरको उपाधि पुलिसकै इनबहादुर रानामगर भए। पुलिसकै दीपकराज जोशीले बेस्ट ब्लकरको उपाधि जिते भने बेस्ट डिफेन्डरमा पुलिसकै भीम गाहामगर भए।

बेस्ट स्पाइकरको उपाधि भने त्रिभुवन आर्मीका धनबहादुर भट्टको नाममा रह्यो। पुलिसका सरोज श्रेष्ठ उत्कृष्ट प्रशिक्षक बने। उत्कृष्ट खेलाडीबाहेक बाँकी सबैलाई जनही नगद ७ हजार रुपैयाँका पुरस्कृत गरिएको प्रतियोगिता संयोजक दिवस चोङ्वाङले जानकारी दिए। विजयी टोली तथा खेलाडीलाई प्रदेशसभा सदस्य टंक आङ्बुहाङ, बलबहादुर साम्सोहाङ र होमकुमारी साँवालगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।

आङ्बुहाङ कार्यक्रमका प्रमुख अथिति थिए। कार्यक्रममा पुरस्कार प्रायोजन गर्ने बलबहादुर तामाङ, ईश्वरी पौडेल र रमेश बरालका तर्फबाट तामाङले खेलकुद क्षेत्रमा लगानी गर्नुको कारण खोतल्दै पर्यटकीय महत्व बोकेको मिल्के क्षेत्रमा खेलकुदलाई पर्यटनसँग जोड्न आफूहरू साझेदार भएको बताए।

प्रकाशित: २७ वैशाख २०७६ ०२:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App