१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

समूहचरणका खेल सम्पन्न

काठमाडौं – नेपाल विज्ञापन संघ आनको आयोजनामा ललितपुरमा जारी ‘नेपाल आइस आन फुटसल टुर्नामेन्ट’ मा समूहचरणका खेल सकिएका छन्। समूह चरणअन्तर्गत बिहीबार समूह ‘ए’ र ‘बी’ का खेल सम्पन्न भए। समूह ‘ए’ बाट सफ्ट नेप र सर्वोत्तम सिमेट प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

सर्वोत्तम सिमेन्टलाई ३–१ गोलअन्तरले पराजित गरेको सफ्ट नेपले सगरमाथा टिभीलाई ९–१ ले हराउन सफल भएको हो। अन्तिम खेलमा हिच हाइकरमाथि ५–१ को जित दर्ता गर्दै सफ्ट नेप समूहविजेता बनेको हो। सर्वोत्तम सिमेन्टले पहिलो खेलमा सफ्ट नेपसँग १–३ गोलले पराजित भए पनि दोस्रो खेलमा हिच हाइकरमाथि ३–१ को जित निकालेको थियो। अन्तिम खेलमा सगरमाथा टिभीमाथि ५–० को जित दर्ता गर्दै समूह उपविजेता बनेको हो।

समूह ‘बी’ बाट भोग एड एन्ड इभेन्ट र बराह ज्वेयलर्सले अन्तिम १६ मा स्थान सुरक्षित गरे। यो समूहमा डिफेन्डिङ च्याम्पियन आउट रिचले समूहचरण पार गर्न  सकेन।आफ्नो पहिलो खेलमा आउटरिचलाई ३–२ ले हारएको भोग एडले अर्को खेलमा म्याक्स मिडियामाथि ९–० को जित निकाल्दा बराह ज्वेलर्समाथि ५–४ को कठिन जित निकालेको थियो।

समूहउपविजेता बनेको बराहले म्याक्स मिडियामाथि ४–१ गोलको जित दर्ता गर्दा आउटरिचलाई ३–० ले स्तब्ध बनाएको थियो। लगातार दुई खेल जितेको बराहले तेस्रो खेलमा भने भोग एडसँग ४–५ गोलले पराजित हुँदै उपविजेताका रूपमा क्वार्टरफाइलमा स्थान बनाउन सफल भयो।

प्रतियोगिताअन्तर्गत शुक्रबार प्रि–क्वार्टरफाइनलमा कान्तिपुर र एड रिलिज तथा मिडिया हब र क्युएफएक्स भिड्नेछन्। यसै गरी माछापुच्छ«े बैंक र मिडिया बास्केट भिड्दा पिक्स इन्जिनियरिङ सोलुसन र न्यु २४ टिभी आमनेसामने हुनेछन्।

त्यस्तै शिलापत्र डटकमले मुक्तिनाथ विकास बैंकसँग खेल्दा वेलकम मिडियाले जनता टिभीको सामना गर्नेछ। अन्तिम प्रि–क्वार्टरफाइनलका खेलमा सफ्ट नेप र बराह ज्वेलर्स तथा भोग एड इभेन्ट र सर्वोत्तम सिमेन्ट आमनेसामने हुनेछन्।

प्रकाशित: २७ वैशाख २०७६ ०२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App