७ वैशाख २०८१ शुक्रबार
प्रवास

कोपनहेगनका सिटी बसमा नेपाली पोष्टर

कोपनहेगनका बसमा टाँसिएको नेपाली पोष्टर। तस्विरः सन्तकुमार थापा

कोपेनहेगन (डेनमार्क) — डेनमार्कको राजधानी कोपेनहेगनमा गुड्ने बसहरुमा नेपालका विभिन्न पर्यटकीय स्थलहरुको तस्बिर राखिएको छ। नेपाली दुतावास डेनमार्कले नेपालको पर्यटन प्रवर्द्धनको लागि कोपनहेगनमा गुड्ने सिटी बसमा पोस्टर राखेको हो।

डेनमार्कका लागि कार्यबाहक राजदूत रामकाजी खड्काका अनुसार पाटन दरबार स्क्यायर, सगरमाथा, पोखरा, लुम्बिनी र चितवन गरी नेपालमा घुम्नै पर्ने पाँच स्थानबारे जानकारी दिने पोष्टर टाँसिएका छन्। यस्ता तस्विरले नेपालप्रति ध्यानाकर्षण गराउने र नेपाल घुम्न राम्रो गन्तब्य भएको जानकारी दिने उनले बताए।

नेपाल भ्रमण गर्ने पर्यटकको संख्या बढाउने उदेश्यले यो क्याम्पियन सुरु गरिएको हो। पोष्टरहरुमा धार्मिक, पुरातात्विक तथा विश्व सम्पदा सुचिमा सुचिकृत सम्पदा समेत रहेको जानकारी कार्यबाहक राजदूत खड्काले दिए। कोपेनहेगनमा गुड्ने पहेँला बसमा अक्टोबर २४ देखि नोभेम्बर ६ सम्म यस्ता पोस्टर रहने छन्।

यसैबीच कोपेनहेगनको टाउनहलमा सोमबारदेखि सुरु हुने कल्चरल कन्फ़डेरेसन अफ फरेन सोसाइटी डेनमार्कले आयोजना गर्ने विश्व सम्पदा सुचिमा सुचिकृत भएका सम्पदा र सुचिकृत हुने सम्भावना बोकेका सम्पदा हरुको प्रदशनी मा समेत नेपाल ले सक्रिय सहभागिता जनाउने भएको छ| 

सो प्रदर्शनीमा नेपालले नेपालका १० सम्पदाबारे जानकारी गराउने सामग्री प्रदर्शन गर्ने भएको छ |

नेपालीको डेनमार्क बसाइ स्थाई हुने क्रमसँगै यहाँ नेपाली गतिविधिमा समेत् बढ्न थालेका छन्। करीब दुई हजारको हाराहारीमा यहाँ नेपाली हरु बस्छन्। यसैबीच आउँदो दिपावलीको स्वागत गर्न नेपाल हाउसको आयोजनामा नेवागुठी र रेस्टुरेन्ट हिमालयको सहयोगमा कोपेनहेगनमा २४ अक्टोबरमा नेपालबाट आएका कलाकार हरु नलीना चित्रकार र सन्जिब प्रधान ले सांगीतिक साझ मा सहभागिता जनाउने भएका छन्। 

त्यस्तै दिपवालीकै अबसर पारेर कोपेनहेगनमा २९ अक्टोबरका दिन  नेपाली कथानक चलचित्र 'छक्का पञ्जा' प्रदर्शन हुने भएको छ। 

प्रकाशित: ७ कार्तिक २०७३ १३:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App