१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

उच्चपदस्थको यात्रा, जनतालाई सास्ती

काठमाडौं – राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायतका उच्चपदस्थलाई जनताले सधैं सम्मान गरेका हुन्छन्। त्यसमा पनि लोकतान्त्रिक शासन व्यवस्था भएको हाम्रो जस्तो देशमा जनप्रतिनिधिको सम्मानमात्र होइन, उनीहरुको सुरक्षामा समेत जनता आफैं संवेदनशील छन्। तर जनताको सम्मान नै टुट्ने गरी पछिल्ला दिनमा राष्ट्रपति, प्रधानमन्त्रीसहितका उच्चपदस्थ अधिकारीको सवारी चल्न थालेको छ। उच्चपदस्थ अधिकारी कतै जान निस्केसँगै उड्ने र गुड्ने सबै मार्ग ठप्प पार्न थालिएको छ भने सडकमा सर्वसधारणलाई निस्कन पनि रोक लगाउने प्रवृत्ति बढेको छ।

काठमाडौंका सडकमा सर्वसाधारणलाई सडकमा घन्टौं रोकेर भिआइपीहरु अगुवापछुवा गाडीसहित हुइँकिनु नौलो कुरा हुन छाडेको छ। बिहीबार पनि यस्तै भयो। प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम प्रस्थान गर्दा काठमाडौंका सडकको आवतजावत मात्र होइन, हवाईमार्ग पनि प्रभावित बन्यो। काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलको उडानमात्र होइन, पोखरा, भैरहवासहितका उडान पनि प्रभावित बने। ओली विदेश जाने समयमा विभिन्न देशबाट काठमाडौं आएका मात्र होइन, नेपालभित्रका जहाजसमेत डाइभर्ट गरिएका छन्। घन्टौंसम्म विमानस्थल नै ठप्प बनाएर प्रधानमन्त्री विदेश सवार भइरहँदा सयौं यात्रु काठमाडौंको आकाशमा घुम्न बाध्य भए। देशका विभिन्न ठाउँबाट काठमाडौं आउन विमानस्थल पुगेकाहरु घन्टौं कुर्न बाध्य भए।

काठमाडौंका सडकमा सर्वसाधारणलाई सडकमा घन्टौं रोकेर भिआइपीहरु अगुवापछुवा गाडीसहित हुइँकिनु नौलो कुरा हुन छाडेको छ। बिहीबार पनि यस्तै भयो। प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम प्रस्थान गर्दा काठमाडौंका सडकको आवतजावत मात्र होइन, हवाईमार्ग पनि प्रभावित बन्यो।

भैरहवाको गौतमबुद्ध विमानस्थलबाट बिहान ९ः४५ बजे उड्नुपर्ने सौर्य एयरलाइन्सको उडान ५ घण्टा ढिलो भएपछि यात्रुले एयरलाइन्सका कर्मचारीसँग झगडा गरे। पोखरामा बिरामीका लागि भएपछि काठमाडौंबाट हेलिकोप्टर मगाइएको थियो। तर प्रधानमन्त्रीको विदेश भ्रमणका कारण बिरामी लिन जाने तयारी गरेको हेलिकोप्टर पनि उड्न पाएन।केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा निस्कने र फकर्ने क्रममा पनि जनता यस्तै सास्ती भोग्न बाध्य भएका थिए। विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भिभिआइपी सवारी हुँदा आन्तरिक तथा बाह्य उडान ठप्प हुनुलाई सामान्य रुपमा लिनुपर्ने बताए। पहिलेभन्दा कम समयमात्रै उडान प्रभावित भएको दाबी गर्दै उनले भने, ‘भिभिआइपी सवारी हुँदा केही समय उडान र अवतरण प्रभावित हुनुलाई सामान्य रुपमा नै लिनुपर्छ।’ नेपालमा मात्रै नभएर सबै देशमा यस्तै हुने तर्क गर्दै उनले थपे, ‘भारतमा त झन् धेरै नै हुन्छ। हामीले बरु क्रमिक रुपमा सुधार गरेका छौं। आज (बिहीबार) पनि २०–२२ मिनेटमात्रै प्रभावित भयो।’ सुरक्षा संवेदनशीलतालाई हेरेर यस्तो गर्नुपरेको उनको तर्क छ।

राष्ट्रपति भण्डारी विदेश जाँदा र आउँदा मात्र होइन, काठमाडौंभित्र र बाहिरका कार्यक्रममा जाँदा पनि आम जनताले सास्ती झेल्नुपरिरहेको छ। त्यसप्रति सर्वसाधारणले पटकपटक आक्रोश व्यक्त गर्दै आएका छन्। गत फागुनमा राष्ट्रपति शीतलनिवासबाट भद्रकालीको आर्मी हेडक्वार्टरमा रात्रिभोजमा आउने क्रममा काठमाडौं लैनचौरमा बाटो बन्दको अवज्ञा भयो। सुरुमा हर्न बजाएर विरोध गरेका सर्वसाधारणले पछि सवारीसाधन नै अघि बढाएर अवज्ञा गरे। तर पनि राष्ट्रपतिसहितका उच्चपदस्थ अधिकारीहरुको सवारीमा कुनै सुधार आएको छैन।

जानै पर्ने र गर्नै पर्ने काममा मुलुकका राष्ट्राध्यक्ष राष्ट्रपति र सरकार प्रमुख प्रधानमन्त्री सहभागी हुनुपर्छ। उनीहरुलाई उचित सम्मान पनि दिनुपर्छ तर सर्वसाधारणलाई सास्ती हुनेगरी राष्ट्रपतिसहितका उच्चपदस्थ अधिकारीहरु सामान्य कार्यक्रममा पनि पुग्ने गरेका छन्। त्यसको पछिल्लो उदाहरण हो बिहीबार परेको कानुन दिवस। कानुन दिवसको अवसरमा सर्वोच्च अदालतद्वारा आयोजित चियापान कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपतिदेखिका उच्चपदस्थ अधिकारीहरु रामशाहपथ पुगे। घन्टौं बाटो खाली गरेर पुगेकी राष्ट्रपति भण्डारीले न त्यहाँ चिया खाइन् न त सहभागीलाई सम्बोधन नै गरिन्। उनी सहभागिता जनाएर मात्र फर्किन्। पूर्वप्रहरी नायब महानिरीक्षक केशव अधिकारी सुरक्षा खतरा भन्दै सवारी आवागमन ठप्प पार्ने काम गलत भएको बताउँछन्। लामो समयदेखि सुरक्षा खतरा मूल्यांकन नै नभएको अवस्थामा सुरक्षा निकायले सुरक्षा खतराको आकलन गरेर त्यही अनुसारको तयारी गर्नुपर्ने उनको तर्क छ। ‘तीनतीन महिनामा सुरक्षा खतरा मूल्यांकन गर्नुपर्छ। बढीमा छ महिनामा गर्ने हो,’ उनले भने, ‘यहाँ वर्षाैंदेखि मूल्यांकन भएको छैन। केन्द्रदेखि जिल्लासम्म सुरक्षा समन्व्य समिति छन्। उनीहरुले कसलाई कति सुरक्षा खतरा छ भन्ने मूल्यांकन गर्नुपर्छ तर त्यसो भएकै छैन।’

प्रकाशित: २७ वैशाख २०७६ ०१:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App