coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीकाे अभिव्यक्तिले उनकै कार्यकर्ताकाे अपमान भयाे : उपसभापति निधि

काठमाडाैं - प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री ओलीको अभिव्यक्तिले आफ्नै पदको मर्यादा र गरिमालाई समेत कायम राख्न नसकेको बताएका छन्।

बिहीबार पार्टीको राष्ट्रिय जागरण अभियानबारे जानकारी दिन पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै निधिले ओलीका हालसम्मका अभिव्यक्ति, वक्तव्य, अन्तरवार्ताले संसद, जनता तथा आफ्नै पार्टीका कार्यकर्तालाई समेत अपमान गरेको बताए।

संघीय संसद अन्तरगतको प्रतिनिधिसभा बैठकमा गत २४ गते मंगलबारको प्रधानमन्त्रीको अभिव्यक्ति संसदीय मर्यादाविपरीत रहेको भन्दै निधिले आपत्ति जनाएका छन्। निधिले सभामुख कृष्णबहादुर महाराप्रति पनि आक्रोशित हुँदै भने, ‘प्रधानमन्त्रीको गैरसंसदीय भाषा डिलिट गर्ने संसारभरको चलनलाई सभामुखले कार्यान्वयनमा ल्याएनन्।’

प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्रीको रुपमा दिएको अभिव्यक्ति मर्यादित भए÷नभएको ठण्डा दिमागले सोच्न पनि उपसभापति निधिले आग्रह गरे। प्रधानमन्त्री ओलीले गत वैशाख २४ गते संघीय संसदमा सरकारको नीति तथा कार्यक्रममाथि गरिएको पुरक प्रश्नको जवाफ दिने क्रममा ‘निम्छरो’ प्रश्न सोधेको टिप्पणी गरेका थिए।

प्रकाशित: २६ वैशाख २०७६ १२:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App