coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

‘समस्या बन्दै मुद्रा अपचलन’

वीरगन्ज– नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले अर्थतन्त्रको लागि मौद्रिक अपचलन समस्या बन्दै गएकोले यसको नियन्त्रणमा राष्ट्र लागि परेको बताएका छन्। राष्ट्र बैङ्क क्षेत्रीय कार्यालय वीरगन्जले आइतबार यहाँ आयोजना गरेको औपचारिक वित्तीय कारोबारसम्बन्धी अन्तरक्रियामा उनले मौद्रिक र वित्तीय स्थायित्वका लागि आर्थिक अपचलन नियन्त्रण हुनुपर्ने बताए।

डेपुटी गभर्नर शिवाकोटीले अनौपचारिक तवरमा हुने वित्तीय कारोबारले अर्थतन्त्रलाई गम्भीर क्षति पु¥याउने बताउँदै जरजर अर्थतन्त्र सुधार्न राजनीतिक अस्थिरताका समस्या भइरहेको बताए। भूकम्पको रुपमा आएको प्राकृतिक आपदा र राजनीतिक आन्दोलनका कारण अर्थतन्त्रमा भारी धक्का पुगेको बेला आर्थिक गतिबिधिलाई बढाउन रोजगारी, उत्पादकत्व र विकासका योजना परियोजनाहरुको काम बढाउनु पर्ने बताए। यसका लागि सरकारको खर्च गर्ने क्षमताको अभिवृद्धिको आवश्यकता रहेको उनले बताए ।

‘राज्यको खर्च गर्नु पर्ने रकम राष्ट्र बैंकमैं थन्किएको छ, सरकारको खर्च गर्ने क्षमतामाथि प्रश्नहरु उठेका छन्,’ उनले भने, ‘सरकार रकम खर्च गरेर रोजगारी बढाउन सक्नु पर्छ, विकास निर्माण र योजना परियोजनाका काम अगाडी बढाए मात्र यो सम्भव छ। पछिल्लो समयमा भूकम्प र नाका अवरोधले शिथिल भएको आर्थिक क्षेत्रमा सुधार आएसंगै मुल्य वद्धी केही हदसम्म नियन्त्रित भए पनि समाधानका उपायतिर केन्द्रित हुनुपर्ने रहेको बताए। आर्थिक विकासका लागि उत्पादनका क्षेत्रमा लगानी बढाएर स्वदेशमै रोजगारीका अवसरहरूको अभिवृद्धिमा उनको जोड थियो।

राष्ट्र बैङ्क वीरगन्ज कार्यालयका प्रमुख धनञ्जय शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपनिर्देशक प्रदीप भट्टराईले भट्टराईले कार्यपत्रमार्फत नेपालमा तुलनात्मक रुपमा अनधिकृत व्यापार र अनौपचारिक वित्तीय कारोबारको जोखिम बढी रहेको बताए। यसबाट वित्तीय अस्थिरता बढ्नुका साथै बैध कारोबारलाई नराम्रो असर पारेको उनले बताए।

अनौपचारिक वित्तीय कारोबार नियन्त्रणमा योगदान पु¥याएको भन्दै राष्ट्र बैङ्कले पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठलाई अवसर पारी सम्मानित समेत गरेको छ। श्रेष्ठले वीरगन्जबाट हुण्डी कारोबार संचालन गर्ने आरोपमा करिब एक महिनाअघि ५ जनालाई पक्राउ गरेका थिए। पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले अनधिकृत कारोबार नियन्त्रणका अन्तरनिकाय समन्वयमा जोड दिए।

प्रकाशित: ७ कार्तिक २०७३ १२:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App