coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुई तस्करसहित ४० गाई नियन्त्रण

रौतहट– रौतहटको विभिन्न नाकाबाट राष्ट्रिय जनावर गाईको तस्करी बढेको पाइएको छ। नेपालबाट सिमावर्ती भारतीय बजारतर्फ राष्ट्रिय जनावर गाईको तस्करी हुने क्रम नरोकिएपछि तस्करी नियन्त्रणका लागि पछिल्लो पटक प्रहरीले तस्करीको जालो भत्काउन थालेको छ।

जिल्लाको विभिन्न खुल्ला नाका हुँदै तस्करी कार्य व्यापक मात्रामा भइरहेको सुचनाको आधारमा सिमा वारिपारीबाट हुने गरेका सम्पुर्ण अवैध कारोबारमाथि सशस्त्र र नेपाल प्रहरीले कडा निगरानी बढाएपछि अन्य तस्करी गतिविधि रोकिएपनि गाइको तस्करी रोकिएको थिएन। जिल्लाका लक्ष्मीपुर बेलविछवा, बन्जरहा, औरैया, रामपुरखाप, मठिया, नरकटिया, बंकुललगायतका खुल्ला नाकाहरुबाट अवैध रुपमा गाई तस्करी भइरहेको स्थानीयले गुनासो गर्न थालेपछि विहिबार भारततर्फ तस्करी गरी लैजाँदै गरेका ४० वटा राष्ट्रिय जनावर गाई र एकजना तस्करलाई नियन्त्रणमा लिएको छ।

जिल्लाको मध्य भागमा पर्ने गरुडा बजारबाट अरिद गरेर सिमापारी भारततर्फ लैजादै गरेको अवस्थामा इशनाथ नगरपालिका वडा नम्वर ३ बन्जरहास्थित नेपाल भारत सिमाक्षेत्रबाट गाइको कारोबार गर्ने राजपुर नगरपािलका ५ का ४० बर्षिय शेख नजिर मियालाई पक्राउ गरेको हो। अन्य तस्करहरु भने फरार भएको जनाएको छ। गाईलाई नियन्त्रणमा लिने क्रममा गस्ती टोलीलाई हेर्न बित्तिकै तस्करहरु भाग्न सफल भएको प्रहरी प्रवक्ता डिएसपी नबिन कार्कीले बताए। नियन्त्रणमा लिएका ४० वटा गाईको ४ लाख ८ हजार मूल्याकंन गरेर नशिरलाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाएको उनले बताए। चितवन, मकवानपुर, सिन्धुलीलगायतका पहाडी जिल्लाहरुबाट किसानको नाममा गाई गोरुहरु खरिद गरेर रौतहटको गरुडा बजारसम्म ट्रकमा ल्याउने गरेको तथा गरुडामा शनिबार मंगलबार लाग्ने हाट बजारको मौका छोपी राष्ट्रिय जनावरको सुचीमा रहेको गाईलाई सिमापारी भारततर्फ तस्करी कार्यलाई निरन्तरता दिदैं आएको गरुडाका स्थानीय लम्बु मियाको प्रहरीले व्यापक खोजतलास गरिरहेको श्रोतले जनायो।

नेपाली बजारबाट गाई भारतीय भुमितर्फ र भारतिय बजारबाट तस्करहरुले भैंसी तथा राँगासमेत विभिन्न खुल्ला नाकाहरुबाट तस्करी गरेर नेपाली बजारमा ल्याउने गरेको छ। विभिन्न नाका भएर छिरेका भैंसी तथा राँगा गरुडा, सरुअठा, हजमिनिया, राजपुर फरहदवालगायतका स्थानबाट राजधानीलगायत देशका बिभिन्न सहरहरुमा मःम तथा मासुको प्रयोजनकालागि नक्कली क्वारेनटाइन बनाएर तस्करी हुने गरेको प्रत्यक्षदर्शीको भनाइ छ।

त्यस्तै लालबकैयाको बगर भएर भारतीय बजारबाट स्पेयर पार्टसहरु लिएर चोर बाटो भएर नेपाल प्रवेश गरेका बिहार मोतिहारी जिल्ला ढाका किशोरियाका मोहम्मद इश्राइललाई राजपुर नपाको बलुवा नजिकबाट नेपाल प्रहरीले आज विहान पक्राउ गरेको छ। स्पेयर पार्टससहित पक्राउ परेको इश्राइललाई आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयलाई जिम्मा लगाएको डिएसपी कार्कीले बताए।

प्रकाशित: २६ वैशाख २०७६ १०:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App