अर्काको मुखमा दिसा कोच्चाउने महिला पक्राउ

बिहिबार, २६ बैशाख २०७६, ०९ : ३४ नागरिक

सुर्खेत - बराहताल गाउँपालिका–७ सुर्खेत करङ्गेगाउँ निवासी ४६ वर्षीय भवीसरा दङ्गालीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अभद्र तथा अमानवीय व्यवहार गरेको आरोपमा उनलाई बुधबार पक्राउ गरेको हो ।

वैशाख २४ गते करङ्गेगाउँकै ६० वर्षीय तेजबहादुर खत्रीलाई टपरीमा लुकाइछिपाइ ल्याएको दिसा मुखमा कोच्याएको सूचना प्रहरीमा प्राप्त भएपछि दङ्गालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

प्रवक्ता क्षेत्रीका अनुसार दङ्गालीले सोही गाउँपालिका–७ बर्राचौरस्थित कल्याण काँधदेखि नयाँ वन जोड्ने कच्ची सडक खन्दै गरेको अवस्थामा दिसा मुखमा कोचेकी थिइन् । उनलाई तत्काल इलाका प्रहरी कार्यालय बाबियाचौरले नियन्त्रणमा लिएको थियो ।

दङ्गालीलाई मुलुकी अपराधसंहिता ऐन, २०७४ को परिच्छेद १० को दफा १६८ बमोजिम अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा जिल्ला अदालत सुर्खेतबाट म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरी प्रवक्ता क्षेत्रीले जानकारी दिए ।रासस








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad