६ वैशाख २०८१ बिहीबार
समाज

भूकम्पपीडित परिवारलाई घर

सोलुखुम्बु – थुलुङ दूधकोसी गाउँपालिका–९ लोखिम वडा कार्यालयले भूकम्पपीडित स्थानीय एकल महिला रत्नकुमारी राईलाई घर निर्माण गरी हस्तान्तरण गरेको छ। पाँच लाख रुपैयाँको लगानीमा निर्माण गरिएको दुईकोठे एक तले घर भूकम्पपीडित राईलाई थुलुङ दूधकोसी गाउँपालिका अध्यक्ष असिम राईले मंगलबार हस्तान्तरण गरेका हुन्। २०७२ वैशाख १२ गतेको भूकम्पमा उनको घर भत्किएको थियो।

सरकारबाट प्राप्त तीन लाख अनुदान र सो वडा कार्यालयको अगुवाइमा संकलित दुई लाख रुपैयाँ सहयोग गरी पाँच लाख रुपैयाँ लागतमा सो घर निर्माण गरिएको वडा कार्यालयले बताएको छ। पीडित राईका दुई छोरामध्ये एक द्वन्द्वकालमा बेपत्ता भएका र अर्का सुस्त–मनस्थिति भएका तथा उनी आफू पनि एकल महिला भएकाले घर निर्माणमा सहयोग गरेको वडाअध्यक्ष भुपालसिंह राईले बताए।

प्रकाशित: २६ वैशाख २०७६ ०३:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App