८ वैशाख २०८१ शनिबार
समाज

१४ वटा विद्यालयमा विद्युतीय हाजिरी

रसुवा – नौकुण्ड गाउँपालिकाका १४ वटा सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी सुरु भएको छ। जिल्लाको नौकुण्ड गाउँपालिकास्थित शिक्षा विकास शाखाको वार्षिक स्वीकृत कार्यक्रमअनुसार विद्युतीय हाजिरी सुरु गरिएको हो।

शैक्षिक गुणस्तर सुधार्न पाइलोटिङको रूपमा काम सुरु गरिएको सो शाखाका प्रमुख बेगराज थापाले बताए। ‘यसको परिणामको आधारमा बाँकी विद्यालयमा पनि राख्ने योजना छ,’ उनले भने, ‘पहिलो चरणमा १४ वटा विद्यालयमा सुरु गरेका छौं, यसले शिक्षकको निरन्तरतामा सहयोग पुग्नेछ।’

विद्युतीय हाजिरी मेसिन राखिएका विद्यालयमा सरमथलीको निर्कुभूमे मावि, गौरीशंकर प्रावि, पाटीखर्कको दुप्चेश्वरी आधारभूत विद्यालय, फाम्चेतको गौतमबुद्ध मावि, लारच्याङटारको लारच्याङ प्रावि, लाङबुको नारायण मावि, आरुखर्कको आरुखर्क प्रावि, थाङदोरको थाङदोर प्रावि, सरस्युको गोसाइँकुण्ड मावि रहेका छन्। त्यस्तै खाल्चेतको दुप्चेश्वरी आधारभूत विद्यालय, चितिको ज्वालामुखी आधारभूत विद्यालय, कोलडाँडाको सूर्योदय प्रावि, भोर्लेको बागेश्वरी मावि र जनकल्याण प्राविमा विद्युतीय हाजिरीको व्यवस्था गरिएको सो शाखाले बताएको छ। गाउँपालिकामा २९ वटा विद्यालय रहेका छन्। ती विद्यालयका व्यवस्थापन समितिलाई सक्रिय बनाउने र क्षमता अभिवृद्धि गर्ने काम अघि बढाइएको शाखाप्रमुख थापाले जानकारी दिए।

प्रकाशित: २६ वैशाख २०७६ ०२:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App