८ वैशाख २०८१ शनिबार
खेल

मुम्बईकाे उपाधि यात्रा तय

चेन्नई – अनुशासित बलिङसँगै सूर्यकुमार यादवको अविजित अर्धशतकीय इनिङप्रेरित मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्समाथि ६ विकेटको जित निकाल्दै मंगलबार पाँचौं पटक इन्डियन प्रिमियर लिगको फाइनलमा स्थान बनाएको छ।

लेग स्पिनर राहुल चाहरको उत्कृष्ट बलिङका कारण चेन्नईको मध्यम लक्ष्य पछ्याएको मुम्बईले ९ बलअगावै खेल आफ्नो बनाउँदै उपाधि यात्रा तय गरेको हो। मुम्बईका चाहरले चार ओभरमा २–१३ को उत्कृष्ट बलिङ गरेपछि चेन्नईले निर्धारित २० ओभर नै खेल्दा ४ विकेटको क्षतिमा १ सय ३१ रनको योगफल खडा ग-यो।

जबाफी ब्याटिङ गरेको मुम्बईले खराब सुरुआतका बावजुद सूर्यकुमारको अर्धशतकीय योगदानमा सफलता प्राप्त गरेको थियो। सूर्यकुमारले ५४ बलमा ७१ रन बनाउँदा तीन पटकको च्याम्पियन चेन्नईले पहिलो अवसर गुमायो। ‘तीन खेलअगावै हामीले फाइनलको ढोका खोलेका छौं, जुन निकै आवश्यक थियो। यो समयअन्तरले हामीलाई उपाधि भिडन्तमा समेत सहज गराउनेछ,’ मुम्बईका कप्तान रोहित शर्माले भने।

‘हाम्रा बलरहरूले उनीहरूलाई रोक्नेछन् भन्ने विश्वास थियो,’ रोहितले भने,’ सोहीअनुरूप उनीहरूले प्रदर्शन पनि गरे। साथै हाम्रा ब्याट्सम्यानले आत्मविश्वासका साथ खेले। हाम्रा ब्याट्सम्यानले उनीहरूका अनुभवी स्पिनरमाथि सुझबुझ तरिकाले खेल्दा सफल भयौं।’ महेन्द्रसिंह धोनीले नेतृत्व गरिरहेको चेन्नईलाई अभैm पनि फाइनलमा स्थान बनाउन दोस्रो अवसर छ।

आगामी शुक्रबार चेन्नईले इलिमिनेटरका विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ। चेन्नईले एक समय महŒवपूर्ण अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेन। चेन्नईले पहिलो चार ओभरभित्र नै मुम्बईका ओपनरद्वय रोहित शर्मालाई ४ रन र क्विन्टन डी ककलाई ८ रनमा पवेलियनको बाटो देखाउँदै पकड जमाएको थियो। दक्षिण अफ्रिकी बलर इमरान ताहिरले १४औं ओभरमा चेन्नईका लागि पुनः अवसर सिर्जना गरे।

ताहिरले इसान किसनलाई आउट गरेपछि मुम्बईको तेस्रो विकेटका लागि ८० रनको साझेदारी तोडिएको थियो। १४औं ओभरको पाँचौं बलमा किसनलाई २८ रनमा आउट गरेका ताहिरले लगत्तैको बलमा क्रुनाल पाण्ड्यालाई खाता नखोल्दै पवेलियन फर्काएका थिए। १४औं ओभर समाप्तिसँगै मुम्बईको ४ विकेट पतन हुँदा खातामा १ सय १ रन थियो। यद्यपि, सूर्यकुमारले चौथो विकेटका लागि हार्दिक पाण्ड्यासँग मिलेर सहजै खेल आफ्नो पक्षमा बनाए।

अविजित इनिङको योगदान दिएका सूर्यकुमारले १० चौका प्रहार गरे। हार्दिकले पनि ११ बलमा एक चौकाको मद्दतमा १३ रनको योगदान दिए। चेन्नईका स्पिनरद्वय ताहिरले दुई विकेट र हरभजन सिंहले एक विकेट निकाले। दीपक चाहरले थप एक विकेट निकाले पनि मुम्बईका ब्याट्सम्यानलाई रोक्न सकेनन्। त्यसअघि ब्याटिङ गरेको चेन्नईले निकै खराब सुरुआतका बावजुद मध्यम योगफल बनायो।

१८ वर्षे राहुल चाहर चम्केपछि मुम्बईले सुरुआतदेखि नै चेन्नईमाथि दबाब बनाउन सफल भएको थियो। चाहरले दोस्रो ओभरको पहिलो बलमै चेन्नईका ओपनर फाफ डु प्लेसिसलाई ६ रनमै आउट गर्दै ‘ब्रेक थ्रु’ दिलाए। सुरेश रैना ५ रनमा र शेन वाट्सन पनि १० रनमै आउट भएपछि सस्तैमा चेन्नईका तीन खेलाडी आउट हुन पुगेका थिए। यद्यपि, त्यसपछि अम्बाती रायडुले ४२ र महेन्द्रसिंह धोनीले ३७ रन बनाउँदै चेन्नईको इनिङ उकासे।

यो जोडीले पाँचौं विकेटका लागि ६६ रन बनाएको थियो। क्रुनाल पाण्ड्या र जयन्त यादवले समान एक विकेट लिँदै चेन्नईको इनिङ धराशयी बनाएका थिए। हारपछि कप्तान धोनीले योजनाअनुरूप ब्याटिङमा राम्रो प्रदर्शन हुन नसकेको बताए। ‘टिममा निकै उत्कृष्ट ब्याट्सम्यान थिए,’ धोनीले भने, ‘तर उनीहरूले आवश्यक परेको अवस्थामा आफ्नो स्वाभाविक प्रदर्शन देखाउन सकेनन्।

प्लेअफअन्तर्गतको दोस्रो खेलमा दिल्ली क्यापिटल्सले बुधबार हैदराबादसँग खेल्नेछ।    ‘हाम्रा बलरहरूले उनीहरूलाई रोक्नेछन् भन्ने विश्वास थियो। सोहीअनुरूप उनीहरूले प्रदर्शन पनि गरे। साथै हाम्रा ब्याट्सम्यानले आत्मविश्वासका साथ खेले।’

प्रकाशित: २६ वैशाख २०७६ ०२:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App